Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निर्वाचनअघि सीमा नाका बन्द गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचनअघि सीमा नाका बन्द गर्न निर्वाचन आयोगको आग्रह

  • 1.9K
    SHARES

  • निर्वाचनअघि सीमा नाका बन्द गर्न निर्वाचन आयोगको आग्रह

    बुटवल, वैशाख २३  ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिदेखि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार गरेको छ । आयोगले गरेको पत्राचारमा वैशाख २७ गते मङ्गलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाका भएर आवतजावत बन्द गर्न उल्लेख गरिएको छ । 

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग सम्बन्धित व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन यस प्रकारको निर्णय गरेको हो । आयोगको आग्रहबमोजिम सरकारले निर्णय गरे नेपाल–भारत र नेपाल–चीन सीमामा आवतजावत तीन दिनसम्म पूर्ण रूपमा बन्द रहनेछ ।

    आयोग पदाधिकारीको उक्त निर्णयपछि गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ । त्यसैगरी आयोगले मतदान हुने दिन वैशाख ३० गते देशभरि आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारको यातायातका साधनसमेत बन्द गर्न आग्रह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology