Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस रुपन्देहीले गर्यो ८ जनालाई पार्टीबाट निस्कासन (सूचीसहित)

काँग्रेस रुपन्देहीले गर्यो ८ जनालाई पार्टीबाट निस्कासन (सूचीसहित)

  • 5.2K
    SHARES

  • काँग्रेस रुपन्देहीले गर्यो ८ जनालाई  पार्टीबाट निस्कासन (सूचीसहित)

    बुटवल,बैसाख २२ ।

    नेपाली काँग्रेस रुपन्देहीले ८ जनालाइ साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्कासन गरेको छ । पार्टीलाई असहयोग गरेको र विधान विपरित गतिबिधि गरेपछि उनीहरु कारबाीमा परेका हुन् ।

    पार्टी छोडेर जसपामा प्रवेश गरेका मात्रिकाप्रसाद यादव सहित वागी उम्मेदवारी दिएका ८ जना कारबाहीमा परेका हुन् । यादव नेपाली काँग्रेसबाट टिकट नपाएपछि पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका थियो ।

    यादव अहिले जसपाबाट सिद्धार्थनगर नगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएको छ । पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिने ८ जनालाई नेपाली काँग्रेस रुपन्देहीको जिल्ला अनुशासन समितिले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

    जिल्ला सचिव हरि काफ्ले संयोजक तथा रामकिशुन विक र जमुना पौडेल सदस्य रहेको काँग्रेस रुपन्देहीको जिल्ला अनुशासन समितिले पूर्व क्षेत्रीय सभापति समेत रहेका सिद्धार्थनगर नगरपालिका ७ का यादव सहित सैनामैना २ का राजबहादुर क्षेत्री,बुटवल उपमहानगरपालिका वडा नं १ का नरेन्द्र बस्नेत, देवदह ६ का रुक्मागत भारती, देवदह १ का चाँद मोहम्मद खाँ, देवदह १२ का उदयराज केवट र विवेक विक, सिद्धार्थनगर नगरपालिका ३ का मोहम्मद कलाम मुसलमानलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

    पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवार दिई पार्टीलाई असहयोग गरेको भन्दै पार्टीको विधानको परिच्छेद ९ दफा ३४ को उपदफा ४ (क) बमोजिम उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो ।

    list karbahi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology