Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा थारु समुदायको समर्थन गठबन्धनलाई 

बुटवलमा थारु समुदायको समर्थन गठबन्धनलाई 

  • 2.6K
    SHARES

  • बुटवलमा थारु समुदायको समर्थन गठबन्धनलाई 

    बुटवल,बैसाख २२ ।

    बुटवलका थारु समुदायले पाँच दलीय गठबन्धनबाट प्रमुख पदका उम्मेदवारलाई विजयी बनाउने बताएका छन् ।

    बुटवल १६ नरैनापुरमा मतदाता भेटघाट गर्न पुगेका कांग्रेस नगर सभापति समेत रहेका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुङलाई जिताउन थारु समुदाय लाग्ने विश्वास दिलाएका छन् ।

    थारु समुदायका अगुवा शान्तकुमारी कठरियाले थारुहरुका समस्या समाधान गर्नका लागि कांग्रेसले अगुवाई गर्नुपर्ने बताइन् ।

    ‘यसअघि एमालेका नेताहरु आएर के के गर्छौ भनेर आश्वासन दिएर गएका थिए, तर त्यसपछि फर्केर आएनन्, उनले भनिन्–हामीलाई आश्वासन भन्दा बढी काम गर्ने मान्छे चाहिएको छ, तपाइँबाट आशा छ, विश्वास पनि छ, हामी यसपालि तपाईलाई जिताउँछौं ।’

    उम्मेदवार पाण्डेले सो क्षेत्रमा थारु होमस्टे बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने–‘यहाँ होमस्टे बनाउनका लागि म अगुवाई गर्छु, होमस्टे चलाएपछि नगरबाट के सहयोग गर्नुपर्छ, होमस्टे नै बनाइदिनुपर्ने हो भने पनि त्यसरी नै अघि बढाउनेछु ।’

    पाण्डेले एक वार्ड एक पहिचान नीति लिइने बताउँदै एक सामुदायिक वन एक पार्क नीति ल्याउने बताए । उनले बुटवलमा अहिलेसम्म नगरकै तर्फबाट अस्पताल नभएकाले २ वटा नगर अस्पताल निर्माण गर्ने बताए ।

    ‘एक गृहणी एक उत्पादनः बुटवलको स्वाभिमान कार्यक्रम सञ्चालन गर्ने, कृषि मण्डी स्थापना गर्ने, बेलबास बेथरी सडक छिटै पूरा गराउने, घरबहाल कर घटाउने, हाटबजार व्यवसायीको बैठकी कर घटाउने जस्ता जनतालाई सिधै प्रभाव पर्ने कुरामा हामीले एकदमै ध्यान दिएका छौं,–उनले भने ।

    Congress samajbadi (5).jpeg

    यस्तै उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङले समानुपातिक विकास र मुलुकमा स्थीरता ल्याउनका लागि गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए । 
    उनले भने–‘एकपटक निर्वाचन भएपछि ५ वर्षसम्म मुलुकलाई स्थीर रुपमा चलाउनका लागि गठबन्धनलाई नै जिताउनुपर्छ, स्थानीय तहमा पनि गठबन्धनलाई जिताउनुस्, हामी बुटवलको बारेमा जे जे नराम्रो कुराहरु बजारमा आइरहेका छन्, त्यसलाई पूर्ण रुपमा सुधार गर्छौं ।’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology