Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अमेरिकामा लुटेराकाे गोली लागेर घाइते भएका न्यौपाने र हृदयघात भएका गुरुङद्वारा सहयाेगकाे अपील

अमेरिकामा लुटेराकाे गोली लागेर घाइते भएका न्यौपाने र हृदयघात भएका गुरुङद्वारा सहयाेगकाे अपील

  • 3.1K
    SHARES

  • अमेरिकामा लुटेराकाे गोली लागेर घाइते भएका न्यौपाने र हृदयघात भएका गुरुङद्वारा सहयाेगकाे अपील

    अमेरिका, कात्तिक ४ ।

    अमेरिकामा रहेका दुई नेपालीले थप उपचारका लागी सहयाेगकाे अपील गरेका छन् ।

    अमेरिकाको टेक्सास राज्यको अष्टिन शहरमा रेष्टुरेन्टमा काम गरिरहेको समयमा एक नेपालीलाई ब्रेन ह्यामरेज भएको छ । अष्टिनमा एक्लै बस्दै आएका रुपसिंह गुरुङको घटना भएदेखिनै होस् नखुलेको ग्रेटर अस्टिन नेपलिज सोसाइटीले जनाएको छ ।

    उनी नेपालीकै रेष्टुरेन्टमा काम गर्दैं आएका थिए । कार्यस्थलमा नै अचानक ढलेपछि उनलाई सेन्ट डेभिड्स मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । ५४ वर्षका उनी अझै आईसीयूमै छन्।

    उनका परिवारका सबै सदस्य नेपालको पोखरामा नै भएको र उनी एक्लै रहेका कारण उनको उपचारमा अष्टिनमा रहेका केही समाजसेवी नेपालीहरुले सहयोग पुर्याइरहेका छन् ।

    सो मेडिकल सेन्टरमा एकजना नेपाली डाक्टरसमेत कार्यरत रहेकोले गुरुङको रेखदेख उनी डाक्टरले गर्ने गरेको बताइएको छ ।रुपसिंहका श्रीमती र दुई छोरी छन् ।स्याङ्जा पुख्र्यौली घर भई उनको परिवार पोखरा लेखनाथ नगरपालिकाको बुढीबजारमा बस्दै आएको छ।

    डाक्टरहरुले गुरुङ निको भए पनि प्यारालाइसिस हुने र बोल्न नसक्ने अवस्था आउन सक्ने जनकारी दिएको न्यौपानेले बताए। यता, ग्यास स्टेशनमा काम गर्दा गर्दै लुटेराको गोली लागी गम्भीर घाइते भएका अष्टिन निवासी उमेश न्यौपानेको डेल स्टेशन मेडिकल सेन्टरमा उपचार भइरहेको छ । किड्नीसहित उनका ३ वटा सर्जरी भइसकेको र आइसियूमै राखेर उपचार भइरहेको छ ।

    यी दुवै विरामीहरुलाई सहयोग गर्नका लागि गैटर अस्टिन नेपलिज सोसाइटीले आर्थिक संकलन अभियान सुरु गरेको संस्थाका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology