तिलोत्तमा,बैशाख २२ ।
रुपन्देहीको तिलोत्तमामा आज गठबन्धनको बृहत आमसभा हुँदैछ । तिलोत्तमाको मणिग्रमा (प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थीतिमा आमसभा हुन लागेको हो ।
आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले सम्बोधन गर्ने नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति हरिलाल पाण्डेले जानकारी दिए ।
तिलोत्तमामा गठबन्धनबाट मेयरमा कांग्रैसका रामकृष्ण खाँण र उपमेयरमा माओबादीका हेमराज पाण्डे (हेमन्त) उम्मेद्वार छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)