बुटवल,बैशाख २१ ।
नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनैतीक यात्रा सुरु गरेका महेन्द्र प्रसाद भण्डारी बिस २०५० सलामा रेसुङा बहुमुखी क्याम्पस गुल्मीको स्वबियु सभापतिमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपाल विद्यार्थी संघ गुल्मीको सभापती हुँदै नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष हुनुभएको थियो ।
नेपाली कांग्रेसको १० औँ महाधिबेशन बाट निरन्तर महादिबेशन र महासमिती सदस्यमा निर्वाचित भण्डारी नेपाली कांग्रेसमा मात्र नभई अन्य दलसंग पनि सुमधुर सम्बन्ध बनाएको नेताका रुपमा परीचित हुनुहुन्छ । राजनीतिलाई समाजसेवाका रुपमा लिएर अघी बढ्ने भण्डारी निरन्तर समाजसेवामै समर्पित हुनुभयो ।
उहासंग गरिएको कुराकानी ।
धुर्कोट गाउँपालिकामा अध्यक्षको उम्मेद्वारी दिनुभएको छ ? के छन् एजेण्डा ?
– धुर्कोटको आवश्यकतामा आधारित दिगो बिकास नै मेरो मुख्य एजेण्डा हो । सर्वसाधारण जनताको प्रतीब्यक्ती आयमा वृदी हुनेगरी जनताको जीवनस्तरमा समतामुलक बिकास गर्नुनै मेरो कर्म हो । धुर्कोटका सातै वडामा शिक्षा , स्वास्थ्य , पर्यटन , कृषी , रोजगार , सडक र खानेपानीलाई केन्द्रबिन्दुमा राखी समग्र धुर्कोटको समानुपातिक बिकास गर्नुनै मेरो मुख्य एजेण्डा हो ।
२ ) तपाईंले जित्ने आधार केके छन ?
–धुर्कोटको समानुपातिक बिकासको मुख्य एजेण्डा लिएर इमान , निश्ठा सहित जनताका माझ आउँदै छु यही नै मेरो मुख्य जित्ने आधार हो । जनताले मेरो इमान , निश्ठा , बिकास उन्मुख राजनीतिलाई नजिक बाट नियालेका छन । महेन्द्र भण्डारी निर्वाचित भयो भने बिकासमा बिकेन्द्रिकरण र समानुपातिक बिकास ल्याउँछन भन्ने आशा धुर्कोटका नागरिकले राखेका छन र त्यो नै मेरो जित्ने प्रमुख आधार हो ।
सम्बृद्ध धुर्कोट बनाउन के-के गर्नुहुन्छ ?
तपाईंइलाई मैले अघीपनी भनीसके आवश्यकतामा आधारित दिगो बिकास नै मेरो मुख्य मन्त्र हो । अघी भनेका सात क्षेत्रमा मैले देखेका आवश्यकता यस् प्रकार छन ।
– सडक बाटो
समस्या : बर्षेनी बाटोमा थुप्रै स्थानीय तहले बजेट खन्याउछन, ग्राबेल, मर्मत गर्छन तर असार लागेर पानीले गर्दा बाटो झन ज्रिण बन्ने गर्छ
समाधान : अब बाटोमा सानो सानो खर्च बर्सेनि गरेर बजेट सक्काउनु भन्दा सकेसम्म्म र बजेटले भ्याएसम्म केन्द्रिय र प्रदेश सरकारको समानवयमा बाटोहरु कालोपत्रे गर्ने र त्यो सम्भव नभए सबै बाटोमा पानिको निकासका लागि स्थाई नालीको निर्माण गर्ने, बाटोको ज्रिण ठाउँमा क्तचगअतगचभ अनिवार्य गर्ने
–कृषि तथा पशु
समस्या: बादर
समाधान:जंगल बाट गाउ छिर्ने ठाउमा बादर विकर्षण प्रणाली ( गतिचबकयलष्अ कयगलम दयह, ध्वनि मेसिन,) को जडान र जंगलमा बादर आकर्षण प्रणाली को प्रयोग र परिक्षण
समस्या ::कृषि अनुदानाको चरम दुरुपयोग
समाधान : उत्पादनमा आधारित अनुधान एक उत्तम विकल्प बन्न सक्छ
युवा लक्षित् कृषि कार्यक्रम
नाफामुलक कृषि कार्यक्रम ( बजारमा उच्च मूल्य पर्ने कृषि वस्तुमा प्रोत्साहन जस्तै ः माथिल्लो भेगमा किवी , माध्यममा सुन्तला लगायत )
समस्या ः बजारको समस्या
समाधान ः मूल्य शृंखला(ख्बगिभ ऋजबष्ल) चेतना जगाउने कार्यक्रम
आपूर्ति शृंखलाको(क्गउउथि ऋजबष्ल) बारेमा कृषकहरुलाई चेतना दिने कार्यक्रम
समस्या ः सिंचाईको अभाव
समाधान ः कुलो निर्माण , पानिको उचित प्रतोगको लागि नवीनतम शिंचाइ प्रविधि जस्तै थोपा सिंचाईलाइ प्रोत्शाहन
समस्या ः पशुपालन गर्ने कृषकहरुलाइ प्राविधिक ज्ञानको अभावका कारणले विभिन्न रोगको आक्रमणबाट क्ष्यति
समाधान ः खोप कार्यक्रम
– रोजगारी
समस्या ः प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा चरम दुरुपयोग ( झार गोडने , अनावश्यक काममा लगाउने )
समाधान ः धुर्कोट गाउँपालिकामा बसाइ सराइ गरेर तराइ जानुभएका अधिकाम्स मानिसको जमिन बाझो छ्र उक्त जमिनलाइ धुर्कोट गाउँपालिकाले सदुपयोग गरि स्वरोजगार कार्यक्रम उत्पादन मुखी बनाउने
घर बसी बसी गर्न सक्ने विभिन्न शिपमुलक तालिमहरु दिई महिलाहरुलाई आत्मनिर्भर बनाउन प्रयत्न गर्ने
– स्वास्थ्य
एक विद्यालय एक नर्स कार्यक्रम
महिलालाई निशुल्क सेनेटरी प्याड
स्वास्थ विमालाई विशेष प्राथमिकता
६० बर्ष माथिका नागरिक , गर्भवती महिला, दिर्घ रोगि , अपाङ्गता भएकालगायतलाई घरमै स्वास्थ्य सेवा प्रधान
धुर्कोट गाउँपालिकाबाट अन्य गएर उपचार गराउदा रगतको आवश्यकता पर्ने र जुटाउन हम्य हम्य हुने कुरा देखिएको छ ्र धुर्कोट गाउँपालिकाले रक्तदान सहित जनचेतनामूलक कार्यक्रम गरि रगत आवश्यक पर्ने ठाउँमा उपलब्ध गराउन सम्मानयकारी भूमिका खेल्ने ्र
वडामै सुबिधयुक्त्त प्रयोगशाला
उपचार गराउन गाउँपालिकाबाट बाहिर जानुपर्ने विवशताको अन्त्य गर्नका लागि विभिन्न कोणबाट प्रयत्नहरु गर्ने
– शिक्षा
समयको आवश्यकता अनुरुप डीजिटल तथा प्रविधिमैत्री साक्षारता कार्यक्रम
अनौपचारिक शिक्षा मार्फत विभिन्न विशिष्ट व्यक्त्तिहरुले गरेका प्रगतिहरुलाई मध्यनजर गर्दै सुविधासम्पन्न पुस्तकालयको अवधारणालाइ लागु गर्ने
टोल टोलामा वित्तीय सक्षरता कार्यक्रम गर्ने ( लाघुभित्तले गर्दा घर बास उठने अवस्था भएको कुरालाइ ख्याल गर्दै)
विधालयलमा श्रीजनशिलतालाइ प्रोत्साहन गर्ने, व्यवहारिक शिक्षालाइ प्रधमिकतामा राख्ने , प्रत्येक विधालयमा स्थानीय तहबाट शिपमुलक कक्षा-तालिमहरु संचालन गर्ने धुर्कोट गाउँपालिकामा पढेका विधार्थी सबै कुरामा अब्बल छन् भन्ने कुराको सन्देश सिंग्गो नेपाललाई दिने्र
दिवा खाजा कार्यक्रमलाइ थप स्थरउन्नति गरि पोषणयुक्त खाजाको व्यवस्था गर्ने
स्नातक तहमा कम्तीमा २ विधार्थी लाइ आंशिक छात्राबिधि प्रधान गर्ने
अभिभावकलाइ पनि जागरुक बनाउने शिक्षा प्राणालि अपनाउने
–पर्यटन
बिचित्र गुफ्फा सेरोफेरोमा खुल्ला ठाउलाइ उचित व्यवस्थापन गरि पिकनिक स्पोट एवं वोटानिकाल गार्डेन बनाइने छ
धुर्कोटलाइ धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास गरी आन्तरिक पर्यटनमा टेवा पुर्याउने
प्रकोप व्यवस्थापन
बाडी प्रभावित क्षेत्रमा टटबन्धन लगाई नियन्त्रण एवं रोकथाम
पहिरो ग्रषित क्षेत्रमा सकेसम्म बसाइ सराइ गराई सुरक्क्षित् स्थानमा लैजाने र एकीकृत बस्तीको विकास गर्ने
– खानेपानी
खानेपानीको धारामा २४ सैँ घण्टा पानी
खानेपानीको धारा वा पधेरामा पालो कुर्न पर्ने अवस्थाको अन्त्य
सानो करेसाबारीको लागी आवश्यक पर्ने पानीको सहज रुपले ब्यवस्था गर्ने
–खेलकुद
गुणस्तरीय खेलकुद मैदानको निर्माण, संरक्षण गरेनी छ
क्षमतावान खेलाडीलाइ सानो उमेरमै छनौट गरि आवश्यक तालिम तथा पोषण कार्यक्रम
क्षमतावान् खेलाडीहरु कुलतमा परि खेलाडीको भविष्य नै धरापमा परेको तथ्य देशभर नै देखिन्छ त्यसैले युवा खेलाडीहरुलाई कुलतले गर्ने असरका बारेमा जनाचेतना मुलक कार्यक्रम संचालन गर्ने
तपाईं गठबन्धनको उम्मेद्वार हुनुहुन्छ । केन्द्रमा पाच दलिय गठबन्धन भएतापनी धुर्कोटमा भएको एमाले माओबादीको गठबन्धनलाई कती मतले जित्छु भन्ने लागेको छ ?
मतदान भनेको जनताले बिबेक प्रयोग गरेर गोप्य रुपमा आफ्नो अधिकारको प्रयोग गर्ने कुरा हो । इमान र निष्ठाका लागि जनताले महेन्द्र प्रशाद भण्डारीलाई राम्रै मतान्तरले बिजय गराउनुहुन्छ भन्ने कुरामा विश्वस्थ छु ।
अघिल्लो कार्यकालमा तपाईं र् माओबादी बिच सत्ता सहकार्यमा सहमती भएको थियो भन्ने सुनिएको छ । तर कार्यन्वयन भएन वास्तममा के भएको थियो ?
– जनप्रिय नेता एबम पुर्व सांसद स्वर्गिय रुद्रमणी भण्डारी , जनप्रिय नेता एबम पुर्वसांसद टंक पोख्रेल लगायत २ पार्टीका नेताहरु बिच अहिलेको अध्यक्ष माओबादीलाई दिने र अर्को कार्यकालमा कांग्रेसले प्रमुख पद पाउने भनी एकखालको सहमती भएको थियो तर हालका प्रत्यासी भुपाल पोख्रेलले पुरानो सहमतीलाई वास्ता गर्नुभएन र उहाँले अरु पार्टीको आडमा सत्तामा रहिराख्ने मनसाय देखाउनुभयो तर अहिले सबै पार्टीका साथी एबम अग्रजहरुले इमानको राजनीतिका लागि मलाई मतदान गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्थ् छु ।
एमाले र माओबादीको गठबन्धन एकातिर नी ?
आधा भन्दा बढी जीवन राजनीतिमा अडिघ , निरन्तर र् निष्ठाका साथ बिताएको छु । आत्तिने र मात्तिने कुरा छदै छैन ।
अन्त्यमा धुर्कोट गाउँपालिकामा महेन्द्र भण्डारीलाई नै मतदाताले मत किन दिने ?
आवश्यकतामा आधारित समग्र धुर्कोट्कै दिगो बिकास एबम सेवामुखी इमान र निष्ठाको राजनीति जोगाउनका लागि एक पल्ट् महेन्द्र प्रसाद भण्डारीलाई समग्र धुर्कोट बासी आमाबुवा, दाजुभाई , दिदिबहिनीहरुमा बिनम्र अनुरोध गर्दै मतदान गरी समग्र धुर्कोटको गरिमालाई झनझन उच्च बनाउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)