Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पामा १ लाख ३ हजार १० जना महिला मतदाता,पुरूष भन्दा ६ हजार धेरै 

पाल्पामा १ लाख ३ हजार १० जना महिला मतदाता,पुरूष भन्दा ६ हजार धेरै 

  • 3.3K
    SHARES

  • पाल्पामा १ लाख ३ हजार १० जना महिला मतदाता,पुरूष भन्दा ६ हजार धेरै 

    तानसेन,वैशाख २० ।

    स्थानीयतहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको संख्या ६ हजार ३ सय ३० जनाले महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

    पाल्पामा १ लाख ३ हजार १० जना महिला मतदाता रहेका छन् भने ९६ हजार ६ सय ८० पुरुष मतदाता छन्  । जिल्लाको १० पालिका मध्ये तिनाहुँ गाँउपालिका बाहेक अन्य पालिकामा महिलाको मतदाता संख्या बढी रहेको छ । तिनाउँ गाउँपालिकामा पुरुष ७२४५ तथा महिला ७१४१ छन् भने अन्य पालिकामा महिला मतदाता बढी छन् ।

    पाल्पाको तानसेन नगरपालिकामा १७१३, रामपुर नगरपालिकामा १५४३, बगनासकाली गाउँपालिकामा ८२९, रम्भा गाउँपालिकामा ६८७, पुर्वखोला गाउँपालिकामा ६४०, माथागढी गाउँपालिकामा ३८७, रिब्दीकोट गाउँपालिकामा ३७३, रैनादेवी छहरा गाउँपालिकामा १६७, तिनाहुँ गाउँपालिकामा १०४, र निस्दी गाउँपालिकामा ९३ महिला मतदाता बढी रहेका छन् ।

    १० पालिका मध्ये मतदान स्थल र केन्द्र तानसेनमा धेरै छन् । तानसेन नगरपालिकामा सबैभन्दा बढी २२ मतदान स्थल र ४४ केन्द्र छ भने सबैभन्दा कम पुर्वखोला गाउँपालिकामा ९ मतदान स्थल र १७ केन्द्र रहेको छ । पाल्पामा कुल ११८ मतदान स्थल र २४७ मतदान केन्द्र रहेको छ । सबैभन्दा कम मतदाता तिनाउँ गाउँपालिका ६ स्थित पाटन आधारभूत विद्यालय मतदान केन्द्रमा १८१ मतदाता रहेका छन् ।

    मतदान स्थल र मतदाताको संख्या अनुसार कर्मचारी र सुरक्षा व्यवस्था परिचालन हुने निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गत अर्यालले जानकारी दिनुभयो । थप सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले १ हजार बढी महिला पुरुष म्यादी प्रहरीलाई तालिम पश्चात मतदान स्थल क्षेत्रमा खटाएको छ । भयरहित वातावरणमा सबै मतादाताहरु निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि जिल्ला स्थित सुरक्षा निकायले पनि आन्तरिक रणनीतिक योजना तयारीमा रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

    ११८ मतदान स्थल र २४७ मतदान केन्द्र रहेको पाल्पामा सोही अनुसार सुरक्षा र कर्मचारीको आबश्यकता पर्दछ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार पाल्पामा १ लाख ९९ हजार ६ सय ९० जना मतदाता छन् । मतदाता संख्यामा सबैभन्दा धेरै तानसेन नगरपालिका र थोरै पुर्वखोला गाउँपालिका रहेको छ । निर्वाचन कार्यालयद्धारा प्रकाशित नामावलीमा तानसेनमा ३३ हजार ७ सय ६९ जना र पुर्वखोला गाउँपालिकामा १३ हजार ६ सय ९८ जना मतदाताले मतदानको अधिकार पाउनेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology