Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेको पहिलो प्राथमिकता सुकुम्वासी समस्या हल : धुर्वप्रसाद खरेल

एमालेको पहिलो प्राथमिकता सुकुम्वासी समस्या हल : धुर्वप्रसाद खरेल

  • 3.7K
    SHARES

  • एमालेको पहिलो प्राथमिकता सुकुम्वासी समस्या हल : धुर्वप्रसाद खरेल

    देवदह,बैशाख २१ ।

    देवदहको विकासका लागि सवै तह र तप्का संग समन्वय गरेर दीर्घकालिन योजना बनाई अगाडि बढ्ने नेकपा एमाले मेयरका उम्मेदवार धुर्वप्रसाद खरेलले बताउनु भएको छ । उहाले समृद्ध देवदह निर्माणको लागि शिक्षा, स्वास्थ्य, कृषिमा उल्लेखनीय लगानी गर्ने दावी गर्नु भयो ।

    नेपाल कम्यूनिष्ट पार्टी एमाले देवदह–२, ले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता खरेलले उक्त कुरा बताउनु भएको हो । उहाले नेकपा एमालेको पहिलो प्राथमिकता भनेको सुकुम्वासी र अव्यवस्थित बसोवास समस्या समाधान रहेकोमा जोड दिनु भयो ।

    उहाले देवदह क्षेत्रमा धेरै सुकुम्वासी र अव्यवस्थित बसोवास रहेकोले त्यसको व्यवस्थापनको लागि देवदह नगरपालिका निरन्तर लागिरहनेमा जोड दिनु भयो । नेता खरेलले नेकपा एमालेले देवदहवासीको शिर झुक्न नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देवदहको १२ वटै वडामा घरदैलो अभियान संचालन भईरहेको निर्वाचन परिचालन कमिटीका संयोजक टिकाराम चापागाईले जानकारी दिनु भयो ।

    देवदहमा नेकपा एमालेले मेयरमा धु्रवप्रसाद खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ्गलाई उम्मेदवार बनाएको छ । घरदैलो कार्यक्रममा नेता, कार्यकर्ता, शुभचिन्तक तथा आमनागरिकहरुको उत्साहजनक सहभागिता रहेको सो पार्टीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology