भैरहवा, २१ बैशाख ।
नेकपा एमालेले सबै वडाहरुमा चुनावी प्रचारलाई तिब्ररुपमा अगाडी बढाएको छ । प्रत्येक वडाहरुमा घर दैलो गर्दै भोट माग्दै हिँडेको नेकपा एमाले टोल टोलमा पुगेको छ । स्थानी निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेले सिद्धार्थनगरमा प्रत्येक वडाका टोल टोलमा गीत गाउँदै नाच्दै भोट मागिरहेका छन् ।
नेकपा एमालेबाट सिद्धार्थनगर नगरपालिकामा मेयरका उम्मेदवार डाक्टर राम प्रसाद बस्याल हंसिलो अनुहार सहित जनताको घर घरमा भोट माग्दै हिँडिरहेका छन् ।
डाक्टर बस्याल अन्य पार्टीका उम्मेदवार भन्दा शालीन शैलीका र जीवनमा कहिँ कतै दाग नलागेका उम्मेदवार हुँदा अन्य पार्टीको समेत मत तान्दा बस्यालले सजिलै चुनाव जित्न सक्ने नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको दाबी छ ।
सिद्धार्थनगर नगरपालिकाका १३ वटाहरु मध्ये धेरै वडाका टोल टोलमा पुगेको एमालेले आफ्ना चुनावी अभियानलाई आक्रामक ढंगले अंगाडी बढाइरहेको छ । नेकपा एमाले सिद्धार्थनगर नगरपालिकाको उप मेयर पदकी उम्मेदवार उमा अधिकारीले एक पटक युवालाई मत दिएर जिताउन आग्रह गरेकी छिन् ।
गत स्थानिय निर्वाचन बहुमत वडा अध्यक्ष सहित मेयर र उप मेयर जितेको एमालले उस पटक पनि आफ्नो बिरासत कायम नै राख्ने एमालेको दाबी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)