बुटवल,बैशाख २१ ।
‘जय नेपाल,जय नेपाल,नेपाली कांग्रेस जिन्दावाद,आफैभित्र लड्ने पार्टी किन चाहियो देशलाई....., च्याप्पै स्वस्तिक समाउने, झ्याप्पै रुखमा छाप लगाउने, नपरौं है रनभुलैमा ।’
बुटवल उपमहानगर पालिकामा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार खेलराज पाण्डे यहीगीत घन्काउँदै घरअगाडि पुगेपछि ८३ वर्षीया रामकुमारी गुरुङ नाच्दै आँगनमा आइन् ।
उम्मेदवार खेलराज पाण्डेलाई अंगालो हालिन् र भनिन्–‘हे बाबु यसपालि जसरी पनि जित्नुपर्छ है, म बुढी दिएको आसिक लागोस्, तिम्ले जित्यौ भने म अतिखुशी हुनेछु ।’ उनले खेलराज पाण्डेसँग लामो कुराकानीगरिन् । बुटवलका कथा व्यथा सुनाईन् । उनलेभनिन्–‘बुटवलमा यतिका वर्ष एमालेले शासन ग¥यो, तर पहिलेभन्दाझन् नराम्रो भयो बुटवल, जताततै नराम्रो कामभयो भन्ने कुरा सुन्छु, यसलाई ठीक बनाउनुप¥यो, बाबु तिम्ले अहिले जितेर राम्रो काम गर ।’
गुरुङका कुरा सुनेपछि उम्मेदवार पाण्डेले बुटवलको नाम राम्रा कुरामामात्रै आउने गरी कामगर्ने वाचा गरे ।
उनले बुटवल बासीको आत्मसम्मानमा आँच आउने कामनगर्ने बताउँदै भने–‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र बनाउँछु, वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाउँछु, स्वास्थ्य बिमा मार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्धहुने व्यवस्था गर्छु,बुटवल उपमहानगर क्षेत्रमादुईवटा नगर अस्पतालको निर्माण गर्छु, नगर भित्रनिःशुल्क एम्बुलेस सेवाउपलब्ध गराउँछु ।’
उनले सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकूद, प्रविधिलगायतका क्षेत्रहरुमा विशिष्ट योगदान पु¥याएकाव्यक्तिहरुलाई ‘बुटवल रत्न’का रुपमा सम्मानित गर्ने कुरा पनि गुरुङलाई बताएकाथिए । ‘जेष्ठनागरिक, एकलमहिलाएवम् अपाङ्गताभएका नागरिकहरुका लागिथपआर्थिक सुविधा उपलब्ध गराइने छ । एक वडा एक जेष्ठनागरिक मिलन केन्द्र स्थापनागरिने छ’–पाण्डेले भने ।
गुरुङजस्तै पाकाज्येष्ठ नागरिकले खेलराज पाण्डेलाई मतदानगर्ने विश्वास दिलाएका छन् ।
सुख्खानगरकी ६५ वर्षीया उमादेवी घिमिरेले बुटवलमा कांग्रेसले जितेर सूर्यप्रसादप्रधान मेयर हुँदाका राम्राकामलाई निरन्तरतादिनुपर्ने बताइन् ।
‘बुटवलमा त्यसबेला सूर्यप्रसादप्रधानको कस्तो वाहवाहीथियो, कस्तो शानथियो त्यसबेला बुटवलको, अरु ठाउँका मान्छेहरु बुटवल भनेपछि ओहो, सूर्यप्रसादप्रधान मेयर हुनुहुन्छ नि है भनेर जसले पनिचिन्थ्यो, खुशीहुन्थे, राम्रो भन्थे बुटवललाई, उनले खेलराज पाण्डेसँगको भेटमा भनिन्–अबतिम्ले सूर्यप्रसादप्रधानले जसरी बुटवललाई राम्रो काममाचिनाउने काम गर, जितेर देखाउ, अहिलेजस्तो मेयरको नामलिँदानाकखुम्च्याउने नगराउनु, तिम्लाई मेरो आसिक लाग्छ ।’
बुटवलमा यसरी पाका पुस्ताले खेलराज पाण्डेलाई जितको शुभकामना दिएका छन् । पाण्डेले बुधबार बुटवलका वडा नं २, १७ र १९ मामतदाता भेटघाट गरेका छन् । मतदातासँगको भेटघाटमा पाण्डेले बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउ लगायत छिमेकी पालिकाहरुको एकीकृत विकासकालागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वयएवम् पहलगर्ने बताएका छन् ।
उनले मतदातासँगभने–‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापनागरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुकालागिनिःशुल्क सेनिटरी प्याडको व्यवस्थामिलाइने छ । स्वास्थ्यबिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधीउपलब्ध गराइने छ ।बुटवलउपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ ।
नगर भित्र निःशुल्क एम्बुलेस सेवाउपलब्ध गराइने छ ।’ उनले बुटवललाई समृद्ध बनाउनका लागिपाँचदल एकैठाउँमा रहेको र बाँकी रहेकादलहरुलाई समेत अपनत्व महसुस हुने गरी कामगर्ने बताए ।
साझा संकल्प पत्रमा निजी तथा दलीय प्रयोजनकालागि सरकारी सवारी साधनको प्रयोग अन्त्यगर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्यबिमा कार्यक्रमका लागि योगदानगर्ने प्रतिबद्धता उनले जनाएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)