बुटवल, बैशाख २० ।
दलहरुले विभिन्न रणनीति सहित बुटवलका वडा–वडामा आफ्नो चुनावी प्रचार अभियानलाई तीब्रता दिएका छन् ।
मंगलबार बुटवलका ट्राफिकचोक, मिलनचोक, तीनकुने, चैराहा, देवीनगर, सुख्खानगर, बेशक्याम्प लगायतका सडक र चोकहरुमा उम्मेदवारका फोटाका व्यानर र माइकिङ्ग सहित कार्यकर्ताहरु व्यस्त रहे ।
बुटवलको तीनकुने चोकमा आफ्ना समर्थक सहित बुटवल उपमहानगर वडा नं ९ का अध्यक्ष पद्का उम्मेदवार भोज बहादुर बुढाथोकीले मतदाता भेटघाट गर्दै बुटवलमा एमाले र राष्ट्रिय जनमुक्तिका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
उनले मतदाताहरुलाई आफु वडा अध्यक्षमा विजयी भएपछि समस्या समाधान हुने वाचा र आश्वासन सहित प्रतिबद्धता व्यक्त गरे ।
बुटवल उपमहानगरपालिका वडा नं ९ मा अध्यक्षको रुपमा भोज बहादुर बुढाथोकी सहित महिला सदस्यमा विमला श्रेष्ठ, दलित महिला सदस्यमा शोभा सार्की, खुला सदस्यहरुमा विजय गुरुङ्ग र शिब बहादुर अधिकारीले उम्मेद्वारी दिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)