Logo बिहिवार, आश्विन १ गते २०८३
images

उम्मेदवार पाण्डेविरुद्ध अफवाह फैलाउनेलाई कार्बाही गर्न माग (बिज्ञप्तिसहित)

उम्मेदवार पाण्डेविरुद्ध अफवाह फैलाउनेलाई कार्बाही गर्न माग (बिज्ञप्तिसहित)

  • 5.7K
    SHARES

  • उम्मेदवार पाण्डेविरुद्ध अफवाह फैलाउनेलाई कार्बाही गर्न माग (बिज्ञप्तिसहित)

    बुटवल,बैसाख २० ।

    चुनाबी अभियानबाट अत्तालिएर नेकपा एमालेले मिडिया प्रोपोगाण्डा शुरु पाइएको छ । एमालेले दर्ता नभएको केही अनलाइनको प्रयोग गरी बुटवलका उम्मेदवार खेलराज पाण्डेविरुद्ध अफवाह फैलाउन थालेको हाे ।

    उम्मेदवार पाण्डेको चुनाबी माहोलबाट अत्तालिएर एमालेले केही मिडिया प्रयोग गरी विगतको चुनाबका भ्रमपूर्ण सूचना फैलाएको कांग्रेस नेताहरुले बताएका छन् ।

    कांग्रेसका इमान्दार र सादगी नेता खेलराज पाण्डेका विरुद्धमा गत निर्वाचनको विषयलाई लिएर आर्थिक हिनामिना गरेको आरोप लगाएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेशमान सिंह, कांग्रेसका क्षेत्रीय प्रतिनिधि गोपाल पाण्डे, बुटवल उद्योग वाणिज्य संघका सचिव मुक्ति अधिकारीले विज्ञप्ति निकाल्दै भ्रामक समाचार प्रकाशन गर्ने अनलाइनलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेका छन् ।

    उनीहरुले विज्ञप्ति निकाल्दै भनेका छन्-‘२०७४ सालको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका उम्मेदवार खेलराज पाण्डेले ४० लाख रुपैयाँ आर्थिक हिनामिना गरेको भन्ने कुरा कपोलकल्पित र भ्रामक भएको र सो विषयमा कुनै पनि विवाद नभएको स्पष्ट पार्दै त्यसबेलाको आर्थिक हिसाबकिताब पारदर्शी रहेको व्यहोरा जानकारी गराउँछौं ।

    यसरी भ्रामक विवरण उल्लेख गरी हामीसँग प्रतिक्रिया नै नलिई गलत समाचार लेख्ने अनलाइनलाई सो विषय पुष्टि गर्न हामी चुनौती दिन्छौं ।’ अरु के छ भन्ने नामको दर्ता नभएको अनलाईन चलाएर भ्रामक समाचार प्रकाशन गरेर एमाले चुनाबबाट अत्तालिएको उल्लेख गर्दै उनीहरुले प्रोपोगाण्डा नगर्न आग्रह गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ-अरुकेछ नामको सो अनलाईनमा सम्पादकीय टीमको विवरण उल्लेख नभएको, कुनैपनि निकायमा दर्ता नभएको र सो अनलाईन कसले सञ्चालन गरेको भन्ने विवरण उल्लेख नभएकाले विपक्षीहरु चुनाबी अभियानबाट अत्तालिएर यस्तो प्रोपोगाण्डा गरेको हामीलाई लागेको छ ।

    हामीहरु समेत संलग्न भएको व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघलाई समेत जोडेर बदनाम गर्नेगरी यो समाचार आएको छ । इखबर नेपाल नामको अनलाईनले समेत समाचारमार्फत भ्रामक सन्देश प्रवाह गरी चुनाबी प्रोपोगाण्डा मच्याएको छ ।

    चुनाबी प्रोपोगाण्डा मच्याउने यी दुवै अनलाईनलाई तुरुन्त कानुनी कारबाही गर्न प्रेस काउन्सिल नेपाल समक्ष माग गर्दै भ्रामक समाचारको पछि नलाग्न आम जनसमुदायहरुमा हार्दिक अनुरोध गर्दछौं ।’ गलत र भ्रामक समाचार प्रकाशन गर्ने अनलाईनलाई तत्काल भ्रमपूर्ण समाचार सच्याउन आग्रह गर्दै कानूनी उपचार खोज्ने जनाएका छन् ।

    presss release.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology