Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्व प्रेस स्वतन्त्रता दिवसमा शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

विश्व प्रेस स्वतन्त्रता दिवसमा शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

  • 2.5K
    SHARES

  • विश्व प्रेस स्वतन्त्रता दिवसमा शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

    बुटवल,बैशाख २० ।

    प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको पक्षमा मानव अधिकार तथा शान्ति समाजले  बुटवलमा प्रदर्शन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर समाजले आज बुटवलमा प्रदर्शन गरेको हो । 

    विश्वभर मे ३ तारिखका दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । यो बर्ष प्रविधि नियन्त्रित मिडिया भन्ने नाराका साथ प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको पक्षमा प्रदर्शन गरेको छ ।

    प्रदर्शनपछि कोणसभामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्र र मानव अधिकारसंग अभिन्नरुपले जोडिएको बताउनुभयो ।  संविधान सभा सदस्य एवं दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकहरुको पनि सवाल भएको बताउनुभयो । 

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले प्रेस स्वतन्त्रता दिवस लोकतन्त्रको आधारभूत मूल्य र मान्यताको मेरूदण्ड भएको बताउनुभयो । उहाँले अहिले पनि नेपाली प्रेस राज्य र समाजका विभिन्न अंगबाट असुरक्षित रहेको बताउनुभयो । 

    जिल्ला सभापति डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रिय सचिव  मिना ढकालले गर्नुभएको थियो ।

    प्रेस स्वतन्त्रता दिवस नेपाल पत्रकार महासंघले पनिदेशका विभिन्न ठाउँमा कार्यक्रम गरि मनाएको छ।  नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईको तथ्यांक अनुसार यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरीहरु आएका छन् ।

    त्यस्तै  प्रेस स्वतन्त्रता हननका ७५ वटा घटनाहरु भएको देखिन्छ । प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा भएको महासंघले जनाएको छ ।  बागमतिमा ५४ वटा त्यस्ता घटनाहरु भएका छन्,  । १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६–६ वटा हननका घटना भएका छन् ।

    त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology