Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेले लुम्बिनी प्रदेशका २१ जनालाई कारबाही गर्याे

एमालेले लुम्बिनी प्रदेशका २१ जनालाई कारबाही गर्याे

  • 2.4K
    SHARES

  • एमालेले लुम्बिनी प्रदेशका २१ जनालाई कारबाही गर्याे

    बुटवल,१९ वैशाख ।

    नेकपा एमालेले रुपन्देहीका १५ सहित लुम्बिनी प्रदेशका २१ जनालाई कारबाही गरेको छ ।

    पार्टीको निर्णय विरुद्ध लागेको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेको लुम्बिनी प्रदेश कमिटी र जिल्ला कमिटीद्धारा जारी छुट्टाछुट्टै विज्ञप्तिमा जनाइएको छ ।

    पार्टीको कारबाहीमा परेका प्रदेश कमिटी सदस्यहरुमा कपिलवस्तुका कुमारमधु बेल्बासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्युठानका टिकाबहादुर गुरुङ तथा रुपन्देहीका सन्जय गुप्ता र बाबुलाल यादव रहेका छन् । उनीहरु मध्ये कतिपयले स्थानीय तह चुनावमा उम्मेदवारी पनि दिएका छन् ।

    यस्तै रुपन्देहीका ७ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएकासहित १५ जनालाई पनि साधारण सदस्य नरहने गरी पार्टीले निष्कासन गरेको छ ।

    उनीहरुले पार्टीबाट टिकट नपाएपछि वडाध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमा देवदह नगरपालिका–१ का हरिबहादुर तामाङ, वडा नम्बर ५ का तोलराज विक, वडा नम्बर ७ का पदम थापा, ओमसतिया गाउँपालिका वडा नम्बर २ का इन्द्रजित यादव, वडा नम्बर ४ का बेचुराम जैयसवाल र वडा नम्बर ४ का रामशंकर चाई रहेका छन् ।

    यस्तै रोहिणी गाउँपालिका वडा नम्बर १ का अनिता हरिजन, २ का कान्छा कोहार, ४ का नन्दकिशोर कुर्मी, ५ का पशुपतिनाथ यादव, बुटवल उपमहानगरपालिका वडा नम्बर १६ की बबिता आचार्य, सियारी गाउँपालिका वडा नम्बर ४ का श्रीप्रसाद श्रेष्ठ, गैडहवा गाउँपालिका वडा नम्बर ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का हरी पाण्डे र ५ का हरी पौडेलले एमालेबाट विद्रोह गरी उम्मेदवारी दिएका थिए ।

    स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएपनि अस्वीकार गरेकोले उनीहरुले कारबाही गरिएको एमालेले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology