Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘मलिलो माटो’ बिक्रीको रकमबाट मानव सेवा आश्रममा भोजन

‘मलिलो माटो’ बिक्रीको रकमबाट मानव सेवा आश्रममा भोजन

  • 2.6K
    SHARES

  • ‘मलिलो माटो’ बिक्रीको रकमबाट मानव सेवा आश्रममा भोजन

    बुटवल,बैसाख १९ । 

    ‘मलिलो माटो’ की  लेखक सपना आचार्यले उपन्यास बिक्रीको पैसाबाट  बुटवलको मानव सेवा आश्रममा भोजन गराएर जन्मदिन मनाएकी छन् ।

    आश्रय लिएका ७० जना महिला तथा बाल बालिकालाई जन्मदिनको अवसरमा भोजन गराएकी हुन् । 

    उनी भन्छिन्,‘जन्मदिन मनाउन होटल र रेस्टुरेन्टमा दशौं हजार खर्च गर्नुभन्दा असहाय र दीनदुःखीसँग मनाउन पाउँदा समाजमा एक सकारात्मक संदेश जाने र युवा पुस्तालाई पनि गरिब दीनदुःखीलाई सेवा गर्न उत्प्रेरणा मिल्ने छ ।’

    सो अवसरमा मानव सेवा आश्रम बुटवलकी प्रबन्धक सरु अधिकारीलेले उनलाई खादा र प्रमाणपत्र दिएर सम्मान गरिन् ।

    आश्रममा आश्रय लिएर बसेका १० जना बालबालिका र ६० जना बृद्धबृद्धा, सुस्त मनस्थिति भएका महिलाहरु बिहानको खानासहित मिठाइ वितरण गरी जन्मदिन मनाएकोमा उनको कृतिले सफलताको उचाई प्राप्त गरोस् भन्ने शुभकामना दिइन् ।

    मलिलो माटो एक नारी प्रधान उपन्यास रहेको र चैत्र महिनामा उत्कृष्ट ८ औं स्थानमा रहेको छ ।

    sap.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology