Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमाका मेयर घिमिरेले लिए चीन भ्रमणका नाममा २ लाख ८४ हजार !

सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमाका मेयर घिमिरेले लिए चीन भ्रमणका नाममा २ लाख ८४ हजार !

  • 10.1K
    SHARES

  • सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमाका मेयर  घिमिरेले लिए चीन भ्रमणका नाममा २ लाख ८४ हजार !

    तिलोत्तमा,बैसाख १९।

    नगरप्रमुखमा निर्वाचित भएपछि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले २ लाख ८४ हजार रुपैयाँ लिएको खुलासा भएको छ ।

    वैदेशिक भ्रमणका नाममा घिमिरेले चीन जाँदा २ लाख ८४ हजार ७ सय रुपैयाँ लिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

    उपप्रमुख रहेकी जागेश्वरी देवी चौधरीले चीन जाँदा १ लाख ९ सय ७३ रुपैयाँ लिएको खुलेको छ । महालेखाले २०१९ अगस्त ३१ मा भएको भ्रमण भएपनि सो मितिमा चीन नगएको देखिएको जनाएको छ ।

    यी दुई जनाले नेपाल सरकारबाट भ्रमणको स्वीकृति लिनुपर्ने भएपनि भ्रमण स्वीकृति र भ्रमण मिति फरक परेकाले नियमसंगत नभएको महालेखाको ठहर रहेको छ ।  महालेखाले ३ लाख ८५ हजार ६ सय ७३ रुपैयाँ खर्च भएपनि विधिसम्मत नभएको जनाएको हो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology