Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संघीयता र एमसीसी खारेज गर्नुको विकल्प छैन : चित्रबहादुर केसी

संघीयता र एमसीसी खारेज गर्नुको विकल्प छैन : चित्रबहादुर केसी

  • 2.5K
    SHARES

  • संघीयता र एमसीसी खारेज गर्नुको विकल्प छैन :  चित्रबहादुर केसी

    बुटवल,बैशाख १९ ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र एमसीसी खारेज गर्नुको विकल्प नरहेको बताएका छन्। पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) रुपन्देही बुटवलमा आइतबार आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा बोल्दै अध्यक्ष केसीले संघीयता देशले धान्न नसक्ने भएकोले खारेज गर्नुपर्ने बताए। 

    यस्तै अमेरिकी सहयोग परियोजना एमटसीसी राष्ट्रियताको विरुद्ध रहेकाले खारेज गर्नुको विकल्प नरहेको उनले बताए। ‘संघीयता असफल भैसकेको छ। संघीयता पाल्न देशले खर्च धान्न नसक्ने अवस्ठा आयो, केसीले भने, ‘संघीयताले संकटमा परेको नेपालको आर्थिक अवस्था र राष्ट्रियता एमसीसी परियोजनाले झनै संकटमा पारेको छ।’

    एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभएकाले संघीयतासँगैएमसीसी खारेजी गर्नुको अर्को कुनै विकल्प नभएको केसीको भनाई छ।

    अध्यक्ष केसीले अध्यक्ष केसीले परिवर्तनका उपलब्धीलाई संरक्षण गर्नका लागि ओलीको प्रतिगमनका विरुद्ध कांग्रेस लगायतका पार्टीहरुसँग चुनावी गठबन्धन गर्नुपरेको बताए।  उनले अहिलेको गठबन्धन परिस्थितिले बनाएको बताउँदै स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने गरी जनताको घरदैलोमा जान कार्यकर्तालाई निर्देशनसमेत दिए।

    कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय अध्यक्ष लोकराज भुसालले पुँजीपति वर्ग मजदुर वर्गलाई अधिकार दिने पक्षमा नभएको भन्दै हक अधिकार प्राप्तिका लागि मजदुर एकता जरुरी रहेको बताए।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, ढुण्डिराज शर्मा, सागर बेल्वासे लगायतले बोलेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology