Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउँछौः फणेन्द्रप्रसाद शर्मा

सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउँछौः फणेन्द्रप्रसाद शर्मा

  • 3.3K
    SHARES

  • सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउँछौः फणेन्द्रप्रसाद शर्मा

    सैनामैना,बैसाख १८ ।

    गठबन्धनको तर्फबाट सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्माले सुत्केरीलाई ५ हजार पोषणा भत्ता उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

    उहाँले पहिले निर्वाचित जनप्रतिनिधिले प्राकृतिक श्रोत साधन बालुवा गिट्टी र ढुंगाको दुरुपयोग गरेको बताउँदै आपूmहरु निर्वाचित भए पहिले सैनामैनाकै लागि उपयोग गर्ने र बढी भएको अवस्थामा मात्र बाहिर विक्रीको व्यवस्था मिलाउने बताउनु भयो ।

    गठबन्धनको तर्फबाट सैनामैना १० पानबारीमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै शर्माले विकास निर्माणका काममा जनताको शोषण भैरहेको बताउँदै अव पूरै विकासको काम सरकारको लगानीमा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

    केपी ओलीले नेतृत्व गरेको सरकारको समयमा कोरोनाबाट धेरै जनताले मृत्युबरण गर्न बाध्य भएको बताउँदै नगर प्रमुखका उमेदवार शर्माले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वमा सरकार बनेपछि सवै नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाएको बताउँदै मानवीय क्षतिमा कम आएको दावी गर्नुभयो । सैनामैनामा गठबन्धनले जिते पहिलेका जनप्रतिनिधिले खारेज गरेका सरकारी स्कुललाई एक महिनाभित्रै पुनस्र्थापना गर्ने अठोट गर्नुभयो ।

    उहाँले छात्राहरुका लागि गुणस्तरीय सेनेटरी प्याड उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै सैनामैनाका गरिव, विपन्नहरु जसले धारा जडान गर्न सकेको छैन तिनलाई धारा जोडन सहयोग गर्ने उल्लेख गर्नुभयो ।

    गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार मानवहादुर महत (नारायण) ले सैनामैनाको उपप्रमुखमा निर्वाचित भए आफूले पाउने सवै तलव सुविधा सामाजिक सेवामा लगाउने प्रण गर्नुभयो । उहाँले सवै नेपालीको सहभागिता र संघर्षबाट पञ्चायती व्यवस्थाको अन्त्य भएजस्तै अव केपी ओलीको अतिबाद सधैका लागि समाप्त गर्न गठबन्धनलाई जिताउन आवश्यक भएको बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology