काठमाडौं, वैशाख १८ ।
सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आजै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि सरकारले सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
विसं।२०४९ चैत १२ गते नेपाल प्रहरीको निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका सिंहले पहिलो नम्बर प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल हुनुभएको थियो ।
२०६१ मा प्रहरी नायब उपरीक्षक ९डीएसपी० तथा २०६९ मा प्रहरी उपरीक्षक ९एसपी० हुँदा समेत पहिलो नम्बरमा नाम निकाल्न सफल सिंह प्रहरीमा व्यावसायिक र निडर प्रहरी अधिकृतको रुपमा चिनिनु हुन्छ ।
तत्कालीन महानगरीय अपराध महाशाखामा रहँदा ठूला अपराध ९हाई प्रोफाइल० घटनाको सफल अपरेशन गरी हत्या योजना समेत विफल पार्नु भएका सिंहले उपत्यकामा हुने अपराधलाई न्यूनीकरण गर्न उहाँ धेरै हदसम्म सफल हुनु भएको थियो ।
त्यस्तै, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)