Logo बिहिवार, आश्विन १ गते २०८३
images

आर्थिक राजधानीका लागि बुटवलमा एमालेका सात संकल्प छन् : बाबुराम भट्टराई

आर्थिक राजधानीका लागि बुटवलमा एमालेका सात संकल्प छन् : बाबुराम भट्टराई

  • 2.4K
    SHARES

  • आर्थिक राजधानीका लागि बुटवलमा एमालेका सात संकल्प छन् : बाबुराम भट्टराई

    बुटवल,बैसाख १८ ।

    बुटवल उपमहानगरपालिकामा  एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले शुरु गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिदै मुख्यतः सात योजनालाई अघि सारेको हो ।

    ‘हामीले धेरै कुरा भनेर होइन, धेरै काम गरेर जनतालाई विकासको अनुभूति गराउनु छ, एमालेका बुटवल मेयर उम्मेदवार बाबुराम भट्टराईले भने, -‘५ वर्षमा मुख्य सात एजेण्डालाई लिएर बुटवलको आधुनिक विकास गरेर देखाउनेछौं ।’ एमालेले बुटवललाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने पहिलो एजेण्डा बनाएको छ ।

    आर्थिक राजधानी निर्माणका लागि प्रदेश सरकारले समेत संकल्प गरेको थियो ।  उपमहानगरले त्यसलाई आत्मसाथ गर्दै यो एजेण्डालाई अगाडि बढाएको हो । आर्थिक राजधानी निर्माणका लागि उद्योग, ब्यापारलाई अनुकुल वातावरण वनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने, त्यस अनुरुपका पूर्वाधार वनाउने योजना एमालेका छन् ।

    मोतिपुर औद्योगिक करिडोरलाई प्रभावित नागरिकको हक सुरक्षित हुने गरी कार्यान्वयन गर्न सक्दा धेरै ठूलो जनशक्ति खपत गर्न सकिने विश्वास उम्मेदवारहरुलाई छ ।

    आर्थिक केन्द्र बनाउनका लागि निर्यातको ठूलो हिस्सा लिने उद्योगको प्रवर्द्धन गरिने मेयर यम्मेदवार भट्टराईले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology