Logo बिहिवार, आश्विन १ गते २०८३
images

नगरपालिका मात्रै हाेइन,नगरवासी पनि उत्कृष्ट बनाउने गरि काम गर्छाैँ : रामकृष्ण खाँण

नगरपालिका मात्रै हाेइन,नगरवासी पनि उत्कृष्ट बनाउने गरि काम गर्छाैँ : रामकृष्ण खाँण

  • 3.0K
    SHARES

  • नगरपालिका मात्रै हाेइन,नगरवासी पनि उत्कृष्ट बनाउने गरि काम गर्छाैँ : रामकृष्ण खाँण

    बुटवल,बैसाख १७ ।

    नेपाली कांग्रेस तिलाेत्तमाले चुनावी अभियानलाइ तीब्रता दिएको छ । तिलोत्तमा वडा न ५ को चुनावी प्रचार-प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ। साे अवसरमा बोल्दै मेयरका दाबेदार रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचार मुक्त तिलोत्तमा बनाउने प्रतिबद्धता जनाउनुभयो ।

    तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बताउनुभयो । उहाँले यसअघि नगरमा एमाले नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको भन्दै अब कांग्रेसले जितेपछि नगरलाइ सुशासनमा नम्बर वान बनाउने र बेरुजु शुन्य बनाउने काम आफूहरुको नेतृत्वले गर्ने बताउनुभयो । कार्यक्रममा गठबन्धनको तर्फबाट उपमेयरका उमेदवार हेमन्त पाण्डेले प्रतिबद्धता पत्रमा समेटिएका बिषयहरुलाई पूरा गर्ने बताउनुभयो ।

    कार्यक्रममा वडा न ५ ले छुट्टै प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ। उक्त पत्रमा सन्तुलित र पक्षपात रहित विकास निर्माणमा जोड दिईएको छ। प्रत्येक घरमा खपत हुने खानेपानीको न्युनतम रकममा अनुदानको ब्यवस्था गरि व्यवस्थापन गर्ने जनाईएको छ।

    प्रतिबद्धता पत्रमा नयाँमिल मणिग्रामदेखि शंकरपुरसम्मको तुल्सीपुर कुलो चौडा गर्ने र पक्की बनाउने तथा मणिग्राम बजार क्षेत्रभित्रका सबै सडक तथा नालिहरुको दीर्घकालीन सोंच राखि पक्की तथा स्तरउन्नति गर्ने कुरामा जोड दिएको छ ।

    साे अवसरमा माओबादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जीसी, माओवादकै नगर अध्यक्ष बेलप्रसाद गौतम,कांग्रेस नगर अध्यक्ष हरिलाल पाण्डे , रोमणीप्रसाद पाठक,मिनप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

    कार्यक्रममा वडा न ५ वडाध्यक्षका उमेदवार रमेश डुम्रे सदस्यहरु धर्मादेवि न्यौपाने,प्रमिला सुनार,हरि पन्त , हिरा गिरि लगायतको सहभागिता रहेको थियोे । क्षेत्रिय सभापति श्यामसुन्दर तिवारीको अध्यक्षतामा भएको कार्यक्रम को सञ्चालन नेपाली कांग्रेस वडा न ५ का सचिव बाबुराम भण्डारीले गर्नुभएको थियोे ।nnn.jpgnc.jpg

    तिलाेत्तमा वडा न ३ मा प्रतिबद्धतापत्र सार्बजनिक :

    276945959_393415555992065_8047903652243678684_n.jpg

    278581886_300256548938481_7814338467248435877_n.jpg

     

    यस्तै आज तिलाेत्तमा वडा न ३ ले प्रतिबद्धतापत्र सार्बजनिक गरिएको वडाअध्यक्षका उम्मेदवार कल्याण पाैडेलले बताउनुभयोे । उहाँको घाेषणापत्रमा सुशासन,स्वास्थ्य,सरसफाइ,शिक्षा,सामाजिक सुरक्षा,भाैतिक पुर्वाधार ,कृषि लगायतका एजेन्डा अगाडी सारिएको छ । वडा न ३ मा पाैडेलको नेतृत्वमा चुडाकुमारी बिष्ट,रेखा सार्की,बिष्णुबहादुर थापा र नारायणबहादुर थापा क्षेत्री उम्मेदवार छन् ।

    आजै तिलाेत्तमा वडा न ४ ,५ र ६ नम्बर वडामा मेयर उपमेयर तथा उम्मेदवारसहित घरदैलाे गरिएको सचिवालय समिति सदस्य माधवलाल देबकोटाले जानकारी दिनुभयोे । 

    nnn.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology