बुटवल,बैसाख १५ ।
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही देशलाई विकास सिकाउने थलोका रुपमा विकसित भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया सडक लगाएत अन्य पूर्वाधार निर्माणको विकासले रुपन्देही विकासका लागि सिक्न आउने ठाउँ बनेको उनले उल्लेख गरे ।
एमाले बुटवल उपमहानगरपालिका –१३ ले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले पार्टीप्रति समर्पित कार्यकर्ताले विकासका लागि सहि जनप्रतिनिधि छनौट गरेकाले यो ठाउँलाई विकासको उचाइमा पु¥याउन सफल भएको बताए।
पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीको तिनाउ र दानव नदीमा दर्जनौ पुल बनेका कारण वारी र पारीको विभेद हटेको भन्दै उनले पूर्वाधार विकास, सामाजिक न्यायको कामलाई सँगसगै अगाडि बढाएको उल्लेख गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)