Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको अवतरण सफल

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको अवतरण सफल

  • 3.0K
    SHARES

  • भैरहवास्थित  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको अवतरण सफल

    बुटवल,वैशाख १५ ।

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ ।

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को वाइडबडी जहाजले बिहीवार विमानस्थलमा सफल अवतरण गरेको छ ।

    ७२ वर्षपछि राष्ट्रिय गौरवको आयोजना विमानस्थल सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर आएको विमान काठमाडौंबाट भैरहवामा ४५ मिनेटमै अवतरण गरेको थियो ।

    दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ठूलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए ।

    उनका अनुसार वैशाख १ गते नै वाइडबडी जहाजले उडान गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदा केही ढिलाइ भएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रमुख गोविन्दप्रसाद दाहाल वाइडबडी जहाजले सफल परीक्षण गरेकाले अब अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने बताए । विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्तादेखि सञ्चालनमा आइसकेको छ । पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रूपमा प्रयोग गरिएको छ ।

    ale.jpg

    अहिले आन्तरिक तर्फबाट उडानहरू नयाँ धावनमार्गबाटै भइरहेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत वैशाख ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ । यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ ।

    जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको ३ दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको छ । उसले सोमवार, बुधवार र शुक्रवार उडान भर्नेछ । यस्तै अन्य वायुसेवा कम्पनीहरूले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ । 

    सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । 

    पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करीब ५ वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।

    nepal airlines in bhairahawa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology