Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको आग्रह

वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको आग्रह

  • 2.0K
    SHARES

  • वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको आग्रह

    बुटवल,बैसाख १५ ।

    आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिन नेपाल सरकारलाई अनुरोध गर्ने भएको छ ।

    आयोगका सहायक प्रवक्ता अर्यालले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते अर्थात् शुक्रबारका दिन नेपालभर सार्वननिक बिदा दिन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गरिएको बताउनुभयो ।

    आयोगले निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ देखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने हुन्छ ।

    उक्त दिन मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology