Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्युठानको गोलबाङमा यात्रु बस दुर्घटना,चालकको मृत्यु तीन जना गम्भीर घाइते

प्युठानको गोलबाङमा यात्रु बस दुर्घटना,चालकको मृत्यु तीन जना गम्भीर घाइते

  • 3.1K
    SHARES

  • प्युठानको  गोलबाङमा यात्रु बस दुर्घटना,चालकको मृत्यु तीन जना गम्भीर घाइते

    बुटवल,कार्तिक ४- 

    प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

    प्रहरीका अनुसार ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको छ ।

    यसैगरी प्युठानको माण्डवी गाउँपालिका–१ तिराम बस्ने ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि दाङ पठाइएको छ ।

    गाउँपालिका अध्यक्ष श्रीधर रोकाका अनुसार सो बस आज बिहान दाङबाट प्युठान आएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology