Logo बिहिवार, आश्विन १ गते २०८३
images

१ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न

१ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न

  • 1.5K
    SHARES

  • १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न

    काठमाडौं,वैशाख १५ ।

    स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ । बाँकी मतपत्र छपाई कार्य अब केही दिनमा सकिने आयोगको भनाई छ ।

    निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबारसम्म ७२ जिल्लाका लागि सो संख्यामा मतपत्र छपाइ सम्पन्न भएको हो । त्यस्तै, आयोगले वैशाख १३ गतेदेखि छपाई भएको मतपत्र ढुवानी शुरु गरेको थियो । बिहीबारसम्म ३३ जिल्लामा मतपत्र ढुवानी गरिएको आयोगको भनाई  छ । 

    सुदूरपश्चिम, कर्णाली प्रदेशसहित अन्यगरी ३३ जिल्लामा कुल ५१ लाख ८१ हजार थान मत्रपत्र ढुवानी गरिएको छ । छपाइ सम्पन्न भएको मतपत्र ढुवानीको काम निरन्तर जारी रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।   

    निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन सार्वजनिक विदाका लागि सरकारसँग अनुरोध गर्ने भएको छ ।

    मतदानको दिन देशबासीका लागि उत्सवको दिन भएकाले मताधिकारबाट कोही बञ्चित नहोऊन् भनेर नेपाल सरकारसँग आयोगले सो दिन सार्वजनिक विदाको व्यवस्था गर्न आग्रह गर्ने भएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology