Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्वाचन प्रचार-प्रसार : एमाले तिलोत्तमा- ३ द्वारा मोटरसाईकल र्याली

निर्वाचन प्रचार-प्रसार : एमाले तिलोत्तमा- ३ द्वारा मोटरसाईकल र्याली

  • 3.1K
    SHARES

  • निर्वाचन प्रचार-प्रसार : एमाले तिलोत्तमा- ३  द्वारा मोटरसाईकल र्याली

    बुटवल,बैसाख १४ । 

    निर्वाचन प्रचार प्रसारका क्रममा नेकपा एमाले तिलोत्तमा वडा नं ३ शाखा कमिटिले बुधबार मोटरसाईकल र्याली निकालेको छ ।

    उम्मेदवारहरुलाई विजयी बनाउने आव्हान गर्दै तिलोत्तमा ३ सहकारी चोकबाट मोटरसाईकल र्याली निकालिएको हो । र्याली वडाका सवै टोलहरु परिक्रमा गरी तिलोत्तमा स्थित पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।

    कोण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुखका उम्मेदवार मोहन चापागाईले तिलोत्तमाको समग्र विकास, भित्र सडकको स्तरउन्नती, शिक्षाको गुणात्मक विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

    उनले बासुदेव घिमिरेले अघि सारेका योजनालाई दिगो बनाउँदै तिलोत्तमालाई राष्ट्रमा चिनाउन गरी नयाँ भिजनका साथ निर्वाचनमा उम्मेदवारी दिएको बताए ।

    ‘तिलोत्तमाको जुन राष्ट्रिय चर्चा छ । त्यो विरासत जोगाउँदै अझ बढि यस क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो । ’ उनले भने ।

    उपप्रमुखकी उम्मेदवार जागेश्वरी देवी चौधरी नगरबासीका समस्या संग ५ बर्ष नजिक रहेर काम गरेको बताउदै फेरि पनि जनताकै सवक बन्न आफुले उम्मेदवारी दिएको बताईन ।

    उनले तिलोत्तमालाई समुन्नत बनाउँदै महिला, बालबालिका, पिछडिएको समुदाय, बर्गको माथी उठाउन आफुलाई जिताउनुपर्ने बताईन । वडा नं। ३ का वडा अध्यक्ष घनश्याम पौडेल रामुले वडामा भएको सडकलाई स्तरउन्नती, ढल निकास र स्मार्ट वडा बनाउन आफुले उम्मेदवारी दिएकाले विजयी बनाउन मतदातालाई आग्रह गरे ।

    कार्यक्रममा सदस्यका उम्मेदवारहरु युवराज पराजुली, शारदा भण्डारी, लक्ष्मी घिले, रुक प्रसाद अधिकारी लगाएतको उपस्थित रहेको थियो । उक्त ¥यालीको संयोजन भुमि प्रसाद सापकोटा, चिन्तामणी भुसालले गरेका थिए । कार्यक्रम नगर सचिव मिन प्रसाद पोखरेलेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology