Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तरुण दलका अध्यक्ष विद्वान गुरुङले भने- लोकतन्त्र रोज्ने कि ओलीतन्त्र ?

तरुण दलका अध्यक्ष विद्वान गुरुङले भने- लोकतन्त्र रोज्ने कि ओलीतन्त्र ?

  • 3.0K
    SHARES

  • तरुण दलका अध्यक्ष विद्वान गुरुङले भने- लोकतन्त्र रोज्ने कि ओलीतन्त्र ?

    बुटवल,बैसाख १४ । 

    नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्थानीय तहको निर्वाचनमा ‘वान बुथ हन्ड्रेड युथ’ अवधारणा ल्याउने बताएका छन् ।

    केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अवस्थामा तरुण दलको भूमिका एवं बृहत तरुण भेला’ लाई सम्बोधन गर्दै अध्यक्ष्य गुरुङले केन्द्रीय समितिले ‘वान बुथ हन्ड्रेड युथ’ को अवधारणा ल्याउने बताएका हुन् । 

    उनले देशैभरिका आम तरुणहरुलाई नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउन क्रियाशील हुन निर्देशन दिएका छन् ।आम जनतालाई उनले लोकतन्त्र रोज्ने कि ओलीतन्त्र रोज्ने अब बेला भएको बताए । 

    उनले आफ्नो कार्यकालमा सबै तहको चुनावमा उम्मेदवारलाई विजयी गराइछाड्ने कशम खाए । सबै उपस्थित तरुणहरुलाई धन्यवाद दिँदै अध्यक्ष गुरुङले   स्थानीय तहको गठबन्धनका उम्मेद्वारलाई जिताउन परिचालित हुनसमेत निर्देशन दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology