बुटवल,बैशाख १३ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालकोआयोजानमा सार्वजनिक शिक्षा सदृढिकरणका लागि प्राथमिकता र बजेट विषय अन्तरक्रिया कार्यक्रम भएको छ ।
बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद विष्णु पन्थीले सबैको साथ र सहयोगबाट विकास संभव भएको बताए । प्रदेश सरकारले शिक्षा क्षेत्रमा गरेको योगदान अझै पुग भएको भन्दै उनले अझै लगानी बढाउनु आवश्यक रहेको बताए ।
उनले शिक्षा क्षेत्रको सुधारको लागि ए ग्रेडको शिक्षक आवश्यक रहेको भन्दै राम्रोृ जनशक्ति पलायन हुने आवस्थाको अन्त्य हुनुपर्ने भन्दै उनले अवको शिक्षा मा पहिलो ग्रेडको शिक्षकबाट शिक्षण हुनुपर्ने माग समेत गरे ।
शिक्षा क्षेत्रको विकास विना आर्थिक विकास संभव नभएको भन्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्रले बढि प्रथमिकता दिनुपर्ने बताए । उनले खासगरी प्रदेश सरकार स्थानिय तह र संघीय तहको विचमा सहकार्य जरुरी रहेको बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद रमा अर्यालले प्रदेश सरकारले शिक्षा क्षेत्रमा विभिन्न नमुनाका काम गर्दै आएको बताईन । उनले प्रदेश विश्व विद्यालय स्थापनाको लागि प्रदेश सरकारले पहल गरेको बताउँदै निकट भविश्यमा यसले सार्थकता पाउने बताईन ।
कार्यक्रममा प्रदेश सरकार शिक्षा, विज्ञान तथा युवा मन्त्रालयका उप सचिव थानेश्वर ज्ञवाली ले शिक्षा क्षेत्रम लागनी बृद्धि गर्न आवश्यक रहेको बताए । शिक्षा क्षेत्रको विकास लागि शिक्षामा लागनी गर्न आवश्यक रहेको भन्दै प्रदेश सरकार र संघीय तह र स्थानिय तयहले समेत शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए ।
शिक्षा क्षेत्रम लागनी गर्नुपर्दछ भन्ने मान्यता अझै विकास नभएको भन्दै उनले नीति तयार गर्न नसकीएको बताए । प्रदेशमा शिक्षा नीति हाल सम्म नआउँदा शिक्षा क्षेत्रमा ठोस काम गर्न नसकीएको भन्दै उनले यसलाई ढिलाई गर्न नहुने बताए ।शिक्षाको बजेटबाट अन्य भवन तथा पुर्वाधार निर्माणमा खर्च गरेको पाईएको भन्दै उनले यस्तो परिपाटीको अन्त्य हुनुर्ने बताए ।
शिक्षा का लागि राष्ट्यि अभियान नेपालका कार्यक्रम अधिृकत राम गैरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अभिभावक संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली स्थायनय पाठ्यक्रम लागू गरेपनि त्यसको सान्दर्भकिता नभएको बताए ।एक स्थानमा बसोबास गर्ने वालवालिका अर्को पालिकाको विषयमा पढ्नुपर्ने बाध्याता रहेको भन्दै अव स्थानिय होईन, प्रादेशिक रुपमा पाठ्यक्रम निर्माण गरेर लागू गर्नुपर्ने बताए ।
संविधानमा शिक्षा निःशुल्क भने पनि अभिभावबकाट शुल्क लिने परिपाटीको अन्त्य हुनुपर्ने बताए । नेपालीको परिवेश, पहिचान गरेर मात्रै शिक्षा क्षेत्रको लागनी गर्नुपर्ने आवश्यकता रहेको बताए । शिक्षा क्षेत्र प्रभावकारी गराउनको लागि आवश्यकताको आधारमा गरिनुपर्ने बताए । प्रदेश योजना आयोगका सदस्य विष्णुमायाँ थापाले शिक्षा सबैको लागि आनिर्व र निःशुल्क हुुनुपर्ने धारणा राखिन् ।
माईती नेपालका रुपन्देही जिल्ला अध्यक्ष माया क्षेत्रीले विद्यालय तहबाट नै अभियानलाई अगाडी बढाउनुपर्ने बताईन । उनले विद्यालय तह बाट नै वालवालिका शिक्षा लाई जोड दिनुपर्ने बताईन । बालवालिका अभिभावक संगै बेचविखिन हुने प्रवृत्ती समेत रहेको भन्दै विद्यालय स्तरबाट नै सचेनना आवश्यका रहेको बताईन ।
कार्यक्रममा बोल्दै शिक्षा पत्रकार समुहको केन्द्रीय अध्यक्ष तथा शिक्षा लागि राष्ट्रिय अभियानका प्रदेश सचिव कृष्ण मल्ल ले शिक्षा क्षेत्रमा सरकारको लगानी बालुवामा पानी जस्तै भएको भन्दै दिर्घकालिन योजना विना शिक्षा क्षेत्रको विकास संभव नभएको बताए ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रतिनिधि रीमा बिसी, देवदश नगरपालिका शिक्षा शाखा प्रमुख परशुराम ढकाल, बुटवल शाखा प्रमुख कमला चुदाँली, तिलोत्तमा नगरपालिका शिक्षा प्रास रमा ज्ञवाली लगायतले आ आफ्नो भनाई राखेका थिए ।
शिक्षा लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता तथा प्रदेश अध्यक्ष हरि अधिकारीको सञ्चालनमा कार्यक्रम भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)