Logo बिहिवार, आश्विन १ गते २०८३
images

जिल्ला समन्वय समितिका संयोजक आलेले दिए बुलिङ्गटार अध्यक्षमा बागी उम्मेदवार

जिल्ला समन्वय समितिका संयोजक आलेले दिए बुलिङ्गटार अध्यक्षमा बागी उम्मेदवार

  • 2.1K
    SHARES

  • जिल्ला समन्वय समितिका संयोजक आलेले दिए बुलिङ्गटार अध्यक्षमा बागी उम्मेदवार

    नवलपरासी,बैशाख १३ ।

    पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा नेपाली काँग्रेसको टिकट विवतरणमा असन्तुष्टी जनाउँदै यहाँ काँग्रेसका असन्तुष्ट पक्षले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा बागी उमेदवारी दिएको छ ।

    नेपाली कांग्रेस बुलिङटारका कार्यकर्ताले गाउँपालिकाको अध्यक्ष पदका लागि पुनः शशिकिरण बस्ताकोटीलाई टिकट दिइएको भन्दै असन्तुस्त जनाइएको हो । सोमबार बसेको जिल्ला कार्य समितिको सँसदिय दलको वैठकले अध्यक्षमा पुनः बस्ताकोटीलाई नै टिकट दिइएको हो ।

    यहाँ जिल्ला समन्वय समिति नवलपुरका प्रमुख एवम् नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि चेसराम आलेले अध्यक्षमा वागी उमेदवारी दिएका छन् । उनले अध्यक्ष पदमा काँग्रेसबाट उमेदवारी दिने आकांक्षा देखाएका थिए ।

    बुलिङ्गटार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस, एमाले, राप्रपा र स्वतन्त्र गरी ४-४ जनाको उमेदवारी परेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा यहाँ अध्यक्ष उपाध्यक्ष सहित ६ वटै वडाध्यक्ष नेपाली काँग्रेसले जितको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology