बुटवल,बैसाख १२ ।
नेपाल मजदुर किसान पार्टीले रूपन्देहीको विभिन्न पालिकाहरूका प्रमुख,उपप्रमुख, अध्यक्ष तथा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ ।
बुटवल उपमहानगरपालिका प्रमुखमा हरिसुन्दर वासी, कञ्चन गाउॅपालिका अध्यक्षमा जगिलाल थापा, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा सुशीला पौडेल,तिलोत्तमा नगरपालिका प्रमुखमा सरू बिक र उपप्रमुखमा प्रविन नेपाली तथा सोही नपाको ट नं ६ वडाध्यक्षमा पार्वती बिकलाई नेमकिपाले उम्मेदवार बनाएको छ ।
हरेक निर्वाचनलाई वर्गीय र राजनीतिक आन्दोलनको रूपमा उपयोग गर्दै आएको नेमकिपाले आसन्न स्थानीय निर्वाचनमा देशघाती एमसीसी सम्झौता पारित गर्ने शासक दलहरूलाई सजाय दिनुपर्नेमा जोड दिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)