बुटवल,बैसाख १२ ।
नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाका १७ वटा वडामा आफ्ना उम्मेदवार उठाएको छ । १९ वडा रहेको उपमहानगरमा पाँचदलीय गठबन्धन गरिएको छ ।
मेयरमा कांग्रेसबाट नगर सभापति समेत रहेका खेलराज पाण्डे मैदानमा छन् । गठबन्धन अन्तर्गत नगरका २ वटा वडाको नेतृत्व नेकपा माओबादी केन्द्रको कोटामा परेका छन् । वडा न २ र ३ माओबादीलाइ परेको हो । उनीहरु पनि रुख चिन्हबाट चुनाव लड्ने सहमति बनेको छ ।
भने उपमेयर नेकपा समाजबादीको कोटामा परेको हो । उपमेयरमा चीनबहादुर गुरुङ मैदानमा छन् । १९ वडा रहेको बुटवलमा १७ वटा वडाको नेतृत्व कांग्रेसले गर्ने छ ।
बुटवलका १९ वडामा गठबन्धनबाट काे-काे भए वडाध्यक्षका उम्मेदवार ?
वडा न. १ - माधव प्रधान (नेपाली कांग्रेस)
वडा न. २ - महेश पाेखरेल (नेपाली कांग्रेस) र यहाँ माओबादी केन्द्रले पनि उम्मेदवारी दिएको
वडा न. ३ - बिष्णु ढकाल नेकपा माओबादी केन्द्र (रुख चिन्हबाट लड्ने)
वडा न. ४ -नरिश्वर पाैडेल (नेपाली कांग्रेस)
वडा न. ५ - हरि श्रेष्ठ (नेपाली कांग्रेस)
वडा न. ६ - लाेकनाथ न्याैपाने (नेपाली कांग्रेस)
वडा न. ७ - पदम गाहा (नेपाली कांग्रेस)
वडा न. ८ - यज्ञप्रसाद पंगेनी (नेपाली कांग्रेस)
वडा न. ९ - प्रदीपकुमार श्रेष्ठ (नेपाली कांग्रेस)
वडा न. १० - क्या किशनबहादुर थापा (नेपाली कांग्रेस)
वडा न. ११ - जितबहादुर मल्ल (नेपाली कांग्रेस)
वडा न. १२ - डिल्ली प्रसाद शर्मा आचार्य (नेपाली कांग्रेस)
वडा न.१३ - नारायण पुन निर्मल (नेपाली कांग्रेस)
वडा न.१४ - नरबहादुर मल्ल (नेपाली कांग्रेस)
वडा न.१५ - शिव राना (नेपाली कांग्रेस)
वडा न.१६ - कृष्ण पाैडेल (नेपाली कांग्रेस)
वडा न.१७ - ज्ञानबहादुर रेश्मी (नेपाली कांग्रेस)
वडा न.१८ - गाेलेबहादुर चाैधरी (नेपाली कांग्रेस)
वडा न.१९ - मिनबहादुर श्रेष्ठ (नेपाली कांग्रेस) बाट उम्मेदवारी मनाेनयन गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)