टेकराज भुसाल/ भुमिकास्थान,बैसाख १२ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नगर प्रमुख ९मेयर० पदमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
पाँच दलीय गठबन्धनबाट उनले सोमवार आज भुमिकास्थान नगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर थापाले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।
भुमिकास्थानमा गठबन्धनको तर्फबाट प्रमुख राष्ट्रिय जनमोर्चाले पाएको हो। उपमेयर नेकपा माओवादी केन्दले पाएको हो। उपमेयरमा नेकपा ९माओवादी केन्द०का बालकृष्ण बन्जाडेले पनि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
जनमोर्चाले भुमिकास्थान नगरपालिकामा प्रमुख सहित वडा नम्बर २,४ र ५ वडामा नेतृत्व गर्ने र वडा ६, ७, ८ र १० मा जनमोर्चाले सदस्यको उम्मेदवार दर्ता गरेको छ भने वडा नं १ र ३ मा मैत्रीपूर्ण प्रतिष्पर्धा हुने भएकोले पूरा प्यानलको उम्मेदवारी दर्ता गरेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)