Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रौतहटमा पुजारी हत्या : सत्यतथ्य छानबिन गर्न माग गर्दै बुटवलमा राप्रपाका विद्यार्थीले गरे विरोध प्रदर्शन

रौतहटमा पुजारी हत्या : सत्यतथ्य छानबिन गर्न माग गर्दै बुटवलमा राप्रपाका विद्यार्थीले गरे विरोध प्रदर्शन

  • 3.6K
    SHARES

  • रौतहटमा  पुजारी हत्या :  सत्यतथ्य छानबिन गर्न माग गर्दै बुटवलमा राप्रपाका विद्यार्थीले गरे  विरोध प्रदर्शन

    बुटवल,भदौ १५-

    रौतहटको हनुमान मन्दिरका पुजारी हत्याको सत्यतथ्य छानबिन हुनपर्ने माग गर्दै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

    हस्पिटललाईन देखि शुरू भएको र्यालीले बजार परिक्रमा गरेकाे थियाे ।  बिरोध कार्यक्रममा हत्यारालाई कारबाही गर,धार्मिक सहिष्णुता कायम गर,गृहमन्त्री राजिनामा देउ,नालायक सरकार मुर्दाबाद,बढ्दै गएको धार्मिक गुरुहरु माथिको सांघातिक हमला अन्त्य गर,हिन्दु राष्ट्र कायम गर ,धर्म निरपेक्षता खारेज गर भन्ने  नारा लगाइएको थियो।

    संगठनका केन्द्रिय सदस्य  अमृत पाण्डेको संयोजनमा भएको बिरोध कार्यक्रममा  राप्रपा मध्यपूर्व संयोजक तोयानाथ लम्साल,राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाण लगायत राप्रपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology