बुटवल,बैसाख १२ ।
गठबन्धनको बिरोधमा बुटवल ३ मा कांग्रेस त्यागेको घोषणा गरेका युवाहरु पार्टी मै फर्किएका छन् । उनीहरुले हिजो आवेग र उत्तेजनामा सो गरेको निर्णय गरेको र आज निर्णय खारेज गर्दै कांग्रेसमै रहेको बताएका हुन्।
वडा अध्यक्ष र गठबन्धनको बिषयमा असन्तुष्टि राखेका युवाहरुले आफ्नो निर्णय फिर्ता लिएका हुन् । त्यस संगै ज्योतिनगर क्षेत्रबाट सदस्य पदमा गठबन्धनका तर्फबाट कांग्रेस बुथ सचिब अमृत खड्काले उम्मेदवारी दिएको नेपाल तरुणदल बुटवल ३ का अध्यक्ष मनिष श्रेष्ठले जानकारी दिए ।
सहमतिका लागि भएको सो छलफलमा आनन्द भगत श्रेष्ठ ,कृष्ण खड्का, प्रकाश गुरुङ,राजकुमार थापा,गणेश श्रेष्ठ,लक्ष्मी शर्मा लगायत को सहभागिता रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)