Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको मेयर - उपमेयरका लागि एमालेका भट्टराई र अर्यालद्वारा उम्मेदवारी दर्ता

बुटवलको मेयर - उपमेयरका लागि एमालेका भट्टराई र अर्यालद्वारा उम्मेदवारी दर्ता

  • 3.9K
    SHARES

  • बुटवलको मेयर - उपमेयरका लागि एमालेका भट्टराई र अर्यालद्वारा उम्मेदवारी दर्ता

    बुटवल,बैसाख १२ ।

    नेकपा एमालेले बुटवल उपमहानगरको मेयर तथा उपमेयरका लागि उम्मेदवारी दर्ता गराएको छ । बाजागाजा र दलबलसहित बुटवलको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएको हो ।

    टाेली पार्टी उपाध्यक्ष बिष्णु पौडेलसहित निर्वाचन कार्यालयमा पुगेको टोलीमा मेयरका लागि बाबुराम भट्टराई र उप मेयरका लागि साबित्रा अर्यालले  उम्मेदवारी दर्ता गराए ।

    उपाध्यक्ष पौडेलसँगै लुम्बिनीका अध्यक्ष लिला गिरी, हाल बुटवलका मेयर तथा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, उप मेयर तथा केन्द्रीय सदस्य गोमा आचार्य, युवा नेता गोपाल रानासहितको टोली आयोगमा पुगेको थियो ।

    उम्मेदवारी दर्ता गराउनु अघि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै मेयरका उम्मेद्वार भट्टराईले समृद्ध बुटवल खुसी जनताको संकल्प पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology