Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वीपीलाई बुटवलमा माल्यार्पण गरे लगत्तै मेयरमा उम्मेदवारी दर्ता गर्न पुगे कांग्रेस नेता खेलराज

वीपीलाई बुटवलमा माल्यार्पण गरे लगत्तै मेयरमा उम्मेदवारी दर्ता गर्न पुगे कांग्रेस नेता खेलराज

  • 3.5K
    SHARES

  • वीपीलाई बुटवलमा माल्यार्पण गरे लगत्तै  मेयरमा उम्मेदवारी दर्ता गर्न पुगे कांग्रेस नेता खेलराज

    बुटवल,बैसाख १२ ।

    जननायक विपी कोइरालाको शालिकमा माल्यार्पण गरेलगत्तै कांग्रेसका खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन गर्नुभएको छ ।

    पाँच दलीय गठबन्धनबाट उहांले आज दिउँसो १ बजे बुटवल उपमहानगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले मनोनयन दर्ता गर्नुभएको हो ।

    darta.jpg

    पाण्डेय नेपाली कांग्रेस बुटवलका लगातार तीन कार्यकालदेखि नगर सभापति समेत हुनुहुन्छ । बुटवलमा गठबन्धनको तर्फबाट मेयर नेपाली कांग्रेसले पाएको हो भने उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।

    समाजवादीबाट चीनबहादुर गुरुङले पनि उम्मेदवारी मनोनयन गर्नुभएको छ ।  बुटवलमा कांग्रेसले मेयरसहित १६ वटा वडाध्यक्षमा उम्मेदवारी मनोनयन गरेको हो ।

    nc.jpg

    मनोनयन दर्तापछि प्रमुखका उम्मेदवार पाण्डेले बुटवललाई देशकै सबल आर्थिक केन्द्र बनाउने प्रतिबद्वता जनाउनुभयो । उहांले बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने उहाको दाबि छ । बुटवलको सिक्स लेन सडक सुधार गर्ने ,मोतिपुर औद्योगिक क्षेत्रलाइ सबैको सहमतिमा अगाडी बढाउने,बुटवललाइ नमुना बनाउने प्रतिबद्धता जनाउनुभयो  ।


    भाडामा बस्ने,पैदलै हिड्ने,साझा बन्ने प्रयास :

    nc.jpg

    पाण्डेय २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि बुटवल उपमहानगरको मेयरका उम्मेदवार हुनुहुन्थ्यो । उहाँ एमालेका शिवराज सुवेदीसँग २३ सयको मतले पराजित हुनुभएको थियो । पराजित भएपनि खेलराज पाण्डेले बिजेता सुबेदीलाइ खादा,माला र अबिर लगाएर तत्काले बधाइ दिनुभएको थियो । उहां र बिजेता सुवेदीबिच अंकमाल गरेको फोटोले चर्चा समेत पाएको थियो ।
    यो पटक गठबन्धनबाट उम्मेदवार भएका पाण्डे बाजी मार्ने दाउमा हुनुहुन्छ । सरल स्वाभावका नेता पाण्डे कांग्रेसभित्र लोकप्रिय मानिनुहुन्छ। तर, यो पटक भने कांग्रेसभित्र केहि असन्तुष्टि पनि देखिन्छ । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले राजीनामा दिनुभएको  छ यद्यपी राजीनामा स्वीकृत भएको छैन ।

    पाण्डे २०२६ साल फागुन ५ गते कालिगण्डकी–२ स्याङ्जामा जन्मिनुभएको हो ।  स्याङ्जामा जन्मिएका भए पनि पाण्डेको राजनीतिक जीवन भने बुटवलमै बितेको छ। २०३९ सालदेखि राजनीतिमा लागेका पाण्डेले आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी संघको सदस्य लिएर राजनीति सुरु गर्नुभएको थियो ।

    बुटवललाई नै राजनीतिक थलो बनाएका पाण्डे हालै तेस्रो कार्यकालका लागि बुटवल नगरको सभापति हुनुहुन्छ । २०५२ सालमा नेविसंघ सचिव रुपन्देही, २०५९ सालमा तरुण दल रुपन्देही अध्यक्ष, २०६० सालमा तरुण दल केन्द्रीय सदस्य हुदै २०६७ मा नेपाली कांग्रेस नगर सभापति बनेका पाण्डे २०७२ सालमा नगर विकास समिति बुटवलको अध्यक्ष हुनुभयो । २०३८ सालमा बुटवल झरेका पाण्डेको पहिचान ग्रामीण क्षेत्रमा राम्रो रहेको स्थानीय जानकारहरु बताउँछन् ।

    नेता पाण्डेय अहिलेपनि भाडाको घरमा बस्दै आउनुभएको छ भने उहां पैदलै हिडेर जनताको घरघरमा पुग्ने नेताका रुपमा पहिचान बनाउनुभएको छ ।

    congress -butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology