बुटवल,बैसाख १२ ।
नेपाली कांग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ । आइतबार रातिसम्म बसेको प्रदेश समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार खेलराज पाण्डे हुने भएका छन् । उनी नगर सभापति हुन् ।
यस्तै तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार जिल्ला पार्टी सभापति रामकृष्ण खाँण हुने भएका छन् । सैनामैना नगरपालिकाको मेयरमा फणिन्द्र शर्मा उम्मेदवार हुने भएका छन् । पाण्डेय, खाँण र शर्मा तीनै जना अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए ।
तीनै जना एमालेका उम्मेदवारसँग पराजित भएका थिए । यस्तै देवदह नगरपालिकामा हालका मेयर हिरा केसी उम्मेदवार बन्ने भएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान उम्मेदवार बन्ने भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)