Logo बिहिवार, आश्विन १ गते २०८३
images

विरामीको उपचार गर्ने व्यवस्था गर्न कारागार प्रशासन चुक्याे : उपसभापति खनाल

विरामीको उपचार गर्ने व्यवस्था गर्न कारागार प्रशासन चुक्याे : उपसभापति खनाल

  • 3.3K
    SHARES

  • विरामीको उपचार गर्ने व्यवस्था गर्न कारागार प्रशासन चुक्याे : उपसभापति खनाल

    बुटवल,कार्तिक ४- 

    मानवअधिकार तथा शान्ति समाजले नवलपरासीमा रहेको कारागार कार्यालयको अनुगमन गरेको छ ।

    अनुगमनका क्रममा समाजले कारागारमा कोरोनाले पारेको  प्रभाव, कैदीहरुका लागि खानेपानीको अवस्था, कारागारभित्र रहेका बिरामी कैदीहरुको उपचारका विषयलाई लिएर स्थलगत अनुगमन भएको हो ।  सो क्रममा समाजले जेलर, बन्दी, अन्य सरोकारवालाहरुसँग छलफल समेत गरेको छ ।

    समाजका वरिष्ठ केन्द्रीय उपसभापति गोविन्द खनालको नेतृत्वमा पूगेको अनुगमन टोलीले स्वास्थ्यसम्वन्धी मौलिक हक हनन् गर्न नमिल्ने भन्दै त्यहाँ रहेका बन्दीहरुले आम नेपाली सरह स्वास्थ्यको मैलिक हक प्रयोग गर्न पाउनुपर्ने ठहर गरेको छ । त्यस्तै कारागारभित्र सामान्य लक्ष्मणहरु रुघाखोकी, ज्वरो आएकाहरुलाई तत्काल कोरोना परीक्षण गनुपर्नेमा त्यो समेत नगरिएको पाएको जनाइएको छ ।

    कारागारमा कोरोना पोजेटिभ देखिएका दुई बन्दीमध्ये एकजना प्यारालाइस् भएका बिरामी पनि रहेका छन् । हाल ती कोरोना बिरामीलाई कारागारमा नै रहेका २ कैदीबाट स्याहार गराउँदा थप जोखिम बढ्न सक्ने भएकोले सतर्क रहँदै सुरक्षित रुपमा विरामीको उपचार गर्ने व्यवस्था गर्न कारागर प्रशासन चुकेको उपसभापति खनालले बताए ।

    उनले समान्य लक्षण देखिएका कैदीहरुतर्फ पनि परीक्षण गर्न चासो नदिएकोमा आपत्ति जनाए । शान्ति समाजले कैदी संख्याका आधारमा पनि कारागारमा स्वास्थ्यकर्मीको संख्या पनि बृद्धि गनुपर्नेमा जोड दिएको छ । उक्त कारागरमा खटिएका स्वास्थ्यकर्मी अहेव लक्ष्मण प्रसाद कँडेलकाअनुसार हाल सम्म ५ जनामा मात्र कोरोना परीक्षण गरिएको छ ।

    अनुगमनमा उपसभापति खनालसहित केन्द्रीय विभागीय संयोजक कुलदिप आचार्य, जिल्ला सभापति सन्तोष अधिकारी, सचिव गणेश शर्मा लगायतको टोली रहेको  थियो ।

    जेलको क्षमता २५ महिला र १५० पुरुष गरी १ सय ७५ भएपनि हाल क्षमता भन्दा धेरै कैदी रहेका छन् । हाल एक नाबालकसहित ६२ महिला ३७९ जना पूरुष रहेका कारागार प्रशासनको तथ्यांकमा उल्लेख छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology