Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजस्थानसँग चेन्नई सुपरकिंग्स ७ विकेटले पराजित,प्लेअफको यात्रा कठिन

राजस्थानसँग चेन्नई सुपरकिंग्स ७ विकेटले पराजित,प्लेअफको यात्रा कठिन

  • 2.2K
    SHARES

  • राजस्थानसँग चेन्नई सुपरकिंग्स ७ विकेटले पराजित,प्लेअफको यात्रा कठिन

    बुटवल,कार्तिक ४- 

    इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्यले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले पराजित गरेको छ । अबुधाबीमा खेलिएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै चेन्नईले १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।


    जवाफमा राजस्थानले उक्त लक्ष्य १७.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । यो सिजन राजस्थानले चेन्नईलाई दोस्रो पटक पराजित गरेको हो । सिजनको सातौँ हारसँगै चेन्नईको प्लेअफको यात्रा कठिन बनेको छ । उता, राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।


    राजस्थानलाई जीत दिलाउन जोस बटलरले आईपीएलमा आफ्नो ११ औँ अर्धशतक लगाए । उनले ४८ बलमा नटआउट रहँदै ७० रन बनाए । बटलरले चौथो विकेटका लागि स्टिभ स्मिथसँग मिलेर ९८ रनको साझेदारी गरे । उनी म्यान अफ द म्याच चुनिए । स्मिथले नटआउट रहँदै २६ रन बनाए ।


    दुई जनाले ५ ओभरमा ४५ रन बटुल्दै टोलीलाई जीत दिलाए । चेन्नईका लागि दीपक चाहरले २ तथा जोश हेजलवुडले १ विकेट लिए ।

    यसअघि, पहिलो ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा मात्र १२५ रन बनाउन सक्यो । रविन्द्र जडेजाले सर्वाधिक ३५ तथा कप्तान महेन्द्रसिंह धोनीले २८ तथा सैम करनले २२ रन बनाए । यो सिजनको कुनै पनि टोलीले प्रस्तुत गरेको सबैभन्दा सानो लक्ष्य हो । यसअघि कोलकाताबिरुद्ध हैदराबादले १४३ रनको लक्ष्य प्रस्तुत तगरेको थियो ।

    यो खेलमा धोनीले आईपीएलमा २ सयौँ खेल पुरा गरे भने उनले चेन्नईका लागि ४ हजार रन पनि पुरा गरे । त्यस्तै, खेलमा सञ्जु स्याम्सनलाई क्याच गदै १५० औँ शिकार बनाए ।

    आजको खेलमा पञ्जाब र दिल्ली भिड्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology