बुटवल,बैसाख ११ ।
नेकपा एमालेले रुपन्देहीका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ।पार्टीको सचिवालय बैठकले बुटवल उपमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराई र उप प्रमुखमा सावित्रा अर्याल,तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा मोहन चापागाईं र उप प्रमुखमा जगेश्वरी देवी चौधरीलाई उठाउने निर्णय गरेको हो।

चापागाईं प्रदेश कमिटी सदस्य हुन् भने जगेश्वरीदेवी चौधरी तिलोत्तमा नगरपालिकाकी वर्तमान उपप्रमुख हुन्।

त्यसैगरी सैनामैना नगरपालिकाबाट नगरप्रमुखमा हालका नगरप्रमुख चित्र बहादुर कार्की र उप प्रमुखमा बिना राना दोहरिने भएका छन्।

त्यसैगरी देवदह नगरपालिका प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङलाई उठाउने एमालेको निर्णय छ। खरेल एमाले प्रदेश कमिटी सदस्य हुन् भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन्। देवदहमा यसअघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो।

सिद्धार्थनगर नगरपालिकामा एमालेबाट नगरप्रमुखमा डा.रामप्रसाद बस्याल नगरप्रमुख बन्ने भएका छन्। उपप्रमुखमा उमा अधिकारीलाई उठाउने निर्णय गरिएको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले नागरिक अनलाइनलाई बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा केही दिन अघिमात्रै नेपाली कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी रमावती यादवलाई नगरप्रमुखमा र कल्पना हरिजनलाई उपप्रमुखमा उठाउने एमालेको निर्णय छ।
यी हुन् गाउँपालिकाका उम्मेदवार
मायादेवी गाउँपालिका
अध्यक्ष– लाला लोध
उपाध्यक्ष– सन्नु चाई
मर्चवारीमाई गाउँपालिका
अध्यक्ष–कमलेस यादव
उपाध्यक्ष– बिन्द्रावती गौड
सम्मरीमाई गाउँपालिका
अध्यक्ष– मुस्लिम खान
उपाध्यक्ष– पिंकला लोध
कोटहीमाई गाउँपालिका
अध्यक्ष– श्यामसुन्दर यादव
उपाध्यक्ष– मायाँ साहनी
गैडहवा गाउँपालिका
अध्यक्ष–सुरेन्द्र पौडेल
उपाध्यक्ष–माधुरी जैसवाल
कञ्चन गाउँपालिका
अध्यक्ष–दिनानाथ आचार्य
उपाध्यक्ष–ओमकला राहडी
शुद्धोधन गाउँपालिका
अध्यक्ष–किशुनचन्द्र चौधरी
उपाध्यक्ष– शान्तादेवी ज्ञवाली
सियारी गाउँपालिका
अध्यक्ष–अयोध्या थारु
उपाध्यक्ष– अमृता गुरुङ
उम्मेदवार बनेको एमालेले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)