Logo बिहिवार, आश्विन १ गते २०८३
images

दोस्रो राष्ट्रिय ब्याडमिन्टन : मेन्स सिंगलतर्फको उपाधी  प्रिन्सर महिलातर्फ रसिलाको पोल्टामा

दोस्रो राष्ट्रिय ब्याडमिन्टन : मेन्स सिंगलतर्फको उपाधी  प्रिन्सर महिलातर्फ रसिलाको पोल्टामा

  • 2.0K
    SHARES

  • दोस्रो राष्ट्रिय ब्याडमिन्टन : मेन्स सिंगलतर्फको उपाधी  प्रिन्सर महिलातर्फ रसिलाको पोल्टामा

    बुटवल,बैशाख ११ ।

    बुटवल व्याटमिन्टन क्लवद्धारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलतर्फको उपाधी बीरगंज एग्रोका प्रिन्स दाहाल र महिलातर्फको आर्मीकी रसिला महर्जनले जितेका छन । प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २ एकको सेटले पछाडी पादैं उपाधी रक्षा गरेका हुन ।

    त्यस्तै रसिलाले सशष्त्र प्रहरीकी जेसिका गुरुङलाई उपविजेतामा रोक्दै  महिलाको उपाधी चुमेकी हुन । आज भएको भेट्रान्स ४५ वर्षमाथि समू्हबाट कास्कीका नरबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीले सोझो सेटमा उपाधी जितेको हो । आरसी काठमाडौं डाउनटाउनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीलाई कास्कीका नरबहादुर शम्भुकुमारले हराउदै उपाधी चुमेका हुन ।

    यस्तै भेट्रान्स ५५ वर्षमाथिकोमा कैलालीका शुरेश बम र विष्णुलाल श्रेष्ठको जोडीले २ एकको सेटमा उपाधी रक्षा गरेको हो । शुरेश र विष्णुलालले चितवनका बुद्धि चौधरी र मनोजकुमार श्रेष्ठको जोडीलाई हराएको हो ।यस्तै मेन्स डबलतर्फको  उपाधि आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनको जोडीले चुमेको छ । उनीहरुले एपएिफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई उपविजेतामा रोक्दै उपाधि रक्षा गरेका हुन ।

     प्रतियोगितामा विजेता उपविजेताहरुलाई नेपाल व्याडमिन्टन संघका केन्द्रिय अध्यक्ष रामजी बहादुर श्रेष्ठ र  बुटवल व्याटमिन्टन क्लवका अध्यक्ष गोपाल टण्डनले पुरस्कार मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको कार्यक्रम संयोजक शम्भु भट्रराईले बताउनु भयो । ४ दिन सम्म संचालित प्रतियोगितामा विभागीग टीम सहित राष्ट्रिय  स्तरका ९२ टीमको सहभागिता रहेको क्लवका सचिव भरत रानाले बताउनु भयो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology