Logo बिहिवार, आश्विन १ गते २०८३
images

गृहमन्त्री खाँणद्वारा उम्मेद्वार मनोनयनको सुरक्षा प्रबन्धबारे चासो

गृहमन्त्री खाँणद्वारा उम्मेद्वार मनोनयनको सुरक्षा प्रबन्धबारे चासो

  • 2.8K
    SHARES

  • गृहमन्त्री खाँणद्वारा उम्मेद्वार मनोनयनको सुरक्षा प्रबन्धबारे चासो

    बुटवल, बैशाख ११ ।

    गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेद्वारको मनेनयनका बोला हुन सक्ने अप्रत्यासित घटना रोक्न गरिएको सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिनुभएको छ । 

    गृहमन्त्री खाणले शनिबार दिउँसो नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिनुभएको हो । 

    गृहमन्त्री खाणले नेपाल प्रहरीका प्रदेश एक प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, मधेस प्रदेश प्रमुख नायब महानिरीक्षक मसुद आलम खाँ, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक पुजा सिंह, गण्डकी प्रदेश प्रमुख, नायब महानिरीक्षक दिवस लोहनी, लुम्बिनी प्रदेश प्रमुख नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रमुख नायब महानिरीक्षक गणेश ऐर र सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यसँग निर्वाचनको मनोनयनका बेलाका लागि गरिएको सुरक्षा प्रबन्धबारे जानकारी लिनुभएको हो । मधेस प्रदेशका खाँ, बागमती प्रदेशका सिंह, लुम्बिनी प्रदेशका उपाध्याय र सुदूरपश्चिम प्रदेशका आचार्यको प्रदेश प्रमुखका रूपमा शुक्रबारमात्र सरुवा भएको हो । 

    यस्तै सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमलराज गिरी, मधेश प्रदेश प्रमुख नायब महानिरीक्षक गणेश ठाडा मगर, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक किशोर प्रधान, गण्डकी प्रदेश प्रमुख नायब महानिरीक्षक शम्भु सुवेदी, लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक कुलबहादुर नेम्बाङ, कर्णाली प्रदेश प्रमुख नायब महानिरीक्षक अभि खत्री तथा सुदूर पश्चिम प्रदेश प्रमुख दुर्गाप्रसाद भट्टराईसँग पनि उम्मेद्वारी मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको हो । 

    गृहमन्त्री खाणँसँग आफूहरू उम्मेद्वारको मनोनयनका हेला हुने अप्रत्यासित घटनाबारे सतर्क र चनाखो भएर रणनीति बनाउँदै तयारी गरेको बताएका थिए ।

    ‘मैले स्थानीय तह निर्वाचनमा उम्मेद्वार मनोनयनका बेलाको सुरक्षा व्यवस्थाको तयारी कस्तो छ भनेर सोधे,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘सबै प्रदेश र केन्द्रमा निर्वाचन हेरिरहेका अधिकृतहरूले आफूहरूले पूर्णरूपमा तयारी गरेको जानकारी दिएका छन् ।’ 

    गृहमन्त्री खाणले त्यसक्रममा स्वच्छ, निष्पक्ष र धाधलीरहित निर्वाचन गर्न सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिनुभएको थियो ।

    सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रमुख नायब महानिरीक्षक भट्टराईले गृहमन्त्री खाणले उम्मेद्वारको मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिएको बताउनुभयो । निर्वाचन आयोगले उम्मेद्वारी मनोनयनको समय बैशाख ११ र १२ गते छुट्याएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology