Logo बिहिवार, आश्विन १ गते २०८३
images

अमृता खत्री मृत्यु प्रकरण : सिद्धार्थ राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन !

अमृता खत्री मृत्यु प्रकरण : सिद्धार्थ राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन !

  • 2.4K
    SHARES

  • अमृता खत्री मृत्यु प्रकरण : सिद्धार्थ राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन !

    बुटवल,बैसाख १० ।


    रुपन्देहीको तिलोत्तमा २ की २८ बर्षिया एक महिलाको संकास्पद ज्यान गएपछि शुरु भएको आन्दोलन ११ दिनसम्म पनि रोकिएको छैन ।

    अमृता खत्री टण्डनको रहस्यमय रुपमा मृत्यु भएको ११ दिन बिससिकेपनि सो बिबाद झन् चर्किरहेको छ । उनको चैत्र ३० गते राती मृत्यु भएको हो ।

    अहिले दैनिक माइतिपक्षका मानिसहरुले न्यायको माग गर्दै आन्दोलन गरिरहेका हुन् । आज रुपन्देहीको बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अबरुद्ध गरेर आन्दोलन चर्काएका छन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीको भूमिकाले आफूहरु सशंकित भएको भन्दै उनीहरुले प्रहरीमाथि पनि छानबिनको माग गरेका छन् ।

    शनिबार दिनभर सडक अबरुद्ध बनाएर आन्दोलन चर्काउदा सडकका सवारी  र यात्रुहरु बैकल्पिक सडकको प्रयोग गरेर गन्तब्यमा पुगेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology