Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१ कराेडकाे लगानीमा बुटवलमा खुल्याे खस्याैली स्नुकर क्लव

१ कराेडकाे लगानीमा बुटवलमा खुल्याे खस्याैली स्नुकर क्लव

  • 4.3K
    SHARES

  • १ कराेडकाे लगानीमा बुटवलमा खुल्याे खस्याैली स्नुकर क्लव

    बुटवल,कार्तिक ३- 

    बुटवलमा नयाँ स्नुकर क्लव संचालनमा आएकाे छ । बुटवलको सिंह कम्प्लेक्समा व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खस्यौली स्नुकर क्लव संचालनमा ल्याईएकोे हाे । साे क्लव बुटवलका ६ जना युवा मिलेर संचालनमा ल्याएका हुन् ।

    क्लवको सोमवार एक समारोहका बीच स्नोकरका राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र हिमालय रोडिज ३ का विजेता सुजन सुवेदीले संयुक्त रुपमा क्लवको शुभारम्भ गरे ।

    युवा युवतीलाई कुलतवाट जोगाउन र व्यवसायीक स्नोकर खेलाडी उत्पादन गर्ने सोचका साथ क्लव संचालनमा ल्याएको अध्यक्ष सुजन पुनले बताए ।

    क्लवमा विद्यालय तथा कलेजको ड्रेसमा आउने विद्याथीलाई र लागूऔषध प्रयोग कर्तालाई प्रवेशमा रोक लगाउन जिल्ला स्नोकर संघका उपाध्यक्ष बविन थापाले आग्रह गरे ।

    अमरपथकाे सिंह कम्प्लेक्सकाे चौथो तलामा संचालनमा ल्याईएको क्लवले यस क्षेत्रमै पहिलो र नमूना कोर्ट बनाएको कार्यक्रममा वोल्नेहरुले धारणा राखे ।

    कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष महेशमान सिंह, नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष तथा सामाजिक अभियान्ता मुक्तिराज पौडेल , बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष विमलराज भट्टराई, स्नुकर संघ नेपालका केन्द्रिय सदस्य हरि क्षेत्री, टेवलटेनिस संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष जयप्रकाश भट्रराई लगायतले वोल्दै टिन र खरको छानावाट शुरु भएको स्नोकर खेल अहिले वातानुकुलित रुपमा सुविधासम्पन्न भवनमा संचालन हुनुले यस खेलमा थप आकर्षण बढेको पुष्टि भएको धारणा राखेका थिए ।

     ६ वटा कोर्ट सहित संचालनमा आएको खस्यौली स्नोकर क्लव यस क्षेत्रको २९ औँ स्नोकर क्लवका रुपमा संचालनमा आएको हो । सुजन पुन सहित , गणेश घिमिरे, रमेश न्यौपाने, प्रदिप बिक, सुनिल क्षेत्री र ईसारअहमद खाँनको कुल १ करोडको लगानी रहेकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology