Logo बिहिवार, आश्विन १ गते २०८३
images

माओवादी केन्द्रका सम्मरीमाई गाउँपालिका अध्यक्ष देवान कांग्रेस प्रवेश

माओवादी केन्द्रका सम्मरीमाई गाउँपालिका अध्यक्ष देवान कांग्रेस प्रवेश

  • 2.3K
    SHARES

  • माओवादी केन्द्रका सम्मरीमाई गाउँपालिका अध्यक्ष देवान कांग्रेस प्रवेश

    बुटवल,वैशाख ९  ।

    नेकपा माओवादी केन्द्र सम्मरीमाई गाउँपालिकाका अध्यक्ष सहाबुद्दिन देवान आफ्नो टिम सहित नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    शुक्रबार एक कार्यक्रमका बिच रुपन्देही क्षेत्र नम्बर ४ का सांसद एवा नेपाली कांग्रेसका नेता प्रमोद यादवले देवानको टिमलाई कांग्रेस प्रवेश गराएका हुन् । 

    देवान संगै नेकपा माओवादी केन्दसम्मरीमाई गाउँपालिकाका उपाध्यक्ष अहमद हुसेन देवान ९जाकिर०, अदहम अलि देवान बुलबुलले पनि नेपाली कांग्रेसको सदस्यता लिएका छन् । मुस्लिम मुक्ति मोर्चाका रुपन्देही अध्यक्ष समेत रहेका माओवादी नेता देवानले माओवादीमा ३० बर्ष देखी काम गरेको र अहिले पार्टीमा बेईमानी र पूंजिवाद हावी भएको हारोप लगाए ।

    उनले अहिले माओवादीले पूंजिवादको दबावमा परेर टिकट बिक्रि बितरण गरिरहेको आरोप लगाए । मर्चवार क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रमोद यादवको नेतृत्वमा कांग्रेस पार्टीले राम्रो काम गरिरहेकोले आफुले कांग्रेस रोजेको उनको भनाई छ । 
    पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद यादवसंगै प्रदेश सभा सदस्य अष्ठभुजा पाठक, नेपाली कांग्रेस रुपन्देहीका उपाध्यक्ष थानेश्वर घिमिरे, क्षेत्र नम्बर ४ का सभापति मुकेश यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology