Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसका वडा सभापतिसहितका ९१ जना क्रियाशील सदस्यद्वारा सामूहिक राजीनामा

कांग्रेसका वडा सभापतिसहितका ९१ जना क्रियाशील सदस्यद्वारा सामूहिक राजीनामा

  • 2.9K
    SHARES

  • कांग्रेसका वडा सभापतिसहितका ९१ जना क्रियाशील सदस्यद्वारा सामूहिक राजीनामा

    कैलाली,वैशाख ९  ।

    कैलालीमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका वडा सभापतिसहितका ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

    जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरुले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् । 

    ‘विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटिका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशिल सदस्यबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ वडा सभापति भक्तबहादुर थापाले बताउनुभयो । 

    सामूहिक राजीनामा दिनेहरुमा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्कालगायतका नेता कार्यकर्ता रहेका छन् । 

    २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि कांग्रेसका नेता कार्यकर्ता असन्तुुष्ट बनेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology