बुटवल,बैसाख ७ ।
नेपाली कांग्रेसले बुटवल वडा न १३ मा उम्मेदवार टुंगो लगाएको छ । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बुटवल १३ को वडाध्यक्षमा नारायण पुन निर्मललाइ नै उम्मेदवार बनाउने निर्णय भएको हो । उनी अहिलेपनि वडाध्यक्ष नै हुन् ।
यस्तै सदस्यहरुमा लाल बहादुर गुरुङ,नारायण खनाल,खुल्ला महिलामा तेजमाया कुवर र दलित महिलामा पार्वती सुनारलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)