बुटवल,बैसाख ७ ।
नेपाली कांग्रेसले बुटवल वडा न ४ मा उम्मेदवार टुंगो लगाएको छ । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बुटवल ४ को वडाध्यक्षमा नरिश्वर पौडेललाइ उम्मेदवार बनाउने निर्णय भएको हो ।
यस्तै सदस्यमा अरुणकुमार श्रेष्ठलाइ उम्मेदवार बनाउने क्रियाशील भेलाले निर्णय गरेको होम क्षेत्रीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
दलित महिलामा गोमा नेपाली,महिला सदस्यमा पुनम थापा,खुला सदस्यमा अरुण कुमार श्रेष्ठ,खुला सदस्यमा गफुर मिया रहेका छन् ।
उम्मेदवार टुंगो लागेसंगै शर्माले राज्यबाट पाउने सेवा सुविधा नलिने घाेषणा गर्नुभएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)