Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा कचलमा सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुष मृत भेटिए

पाल्पा कचलमा सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुष मृत भेटिए

  • 2.5K
    SHARES

  • पाल्पा कचलमा सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुष मृत भेटिए

    पाल्पा,वैशाख ७ ।

    पाल्पाको तिनाउ–१, कचलमा  कचल फाँट सिंचाइ आयोजनाको काममा खटेका बेला सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । 

    मङ्गलबार बेलुका ५ बजे कचलफाँट सिँचाइ आयोजनाको कुलो खन्ने गर्ने क्रममा एक्कासि सुख्खा पहिरोले पुरिएर बेपत्ता हुनुभएका स्थानीय ६१ वर्षीय डिलबहादुर हिस्की बुधबार बिहान मृत भेटिनुभएको हो । कुलो खन्ने क्रममा हिस्कीलाई सुख्खा पहिरोले च्यापेको थियो । 

    हिस्कीको शव सुख्खा पहिरो हटाउने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    हिस्कीको शव निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी दीपेन्द्र थापाले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology